अमेरिका ३५ रनमै अलआउट, सन्दीपको ६, सुशनको ४ विकेट
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ। यो स्कोर एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनसँग बराबरी हो। यसअघि २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई ३५ रनमै आउट गरेको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले खराब प्रदर्शन गर्दै १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको हो। अमेरिकाका लागि एक खेलाडीले मात्रै दोहोरो स्कोर बनाए।
पहिलो विकेटको रुपमा इयान होल्यान्डलाई शुन्यमा गुमाएको अमेरिकाले ज्याभियर मार्सललाई १६ रनमा गुमाएको थियो। १.६ ओभरमा होल्यान्डलाई शुन्यमै आउट गर्दै सन्दीपले नेपाललाई सुरुवाती विकेट दिलाएका थिए। त्यसपछि सुशनले २३ रन हुँदा मार्सललाई १६ रनमा आउट गराए। योसँगै अमेरिका दबाबमा आएको थियो।
त्यसपछि ७.२ ओभरमा सन्दीपले मोहम्मद पटेललाई ४ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए। यहि ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई २ रनमा आउट गर्दै एकै ओभरमा २ विकेट लिए। योसँगै अमेरिकाले चौथो विकेट गुमाएको थियो।
त्यसपछि नवौं ओभर बलिङ गर्न सुशन भारीलाई दिए। सुशनले ८.३ ओभरमा आरोन जोन्सलाई ४ रनमा आउट गराए। अमेरिकाले २९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो। १०औं ओभर बलिङमा आएका सन्दीपले फेरि ९.५ ओभरमा विकेट लिए। यो पटक भने सन्दीपको बलमा तमिल पटेल एल्बिडब्लु धरापमा परे।
सन्दीपसँगै सुशन पनि रोकिएनन्। उनले पनि एकपछि अर्को ओभरमा विकेट लिदै गए। ११औं ओभर बलिङ लिएर आएका सुशनले यो ओभरमै २ विकेट लिदै नेपाललाई आठौं सफलता दिलाए। उनले १०.१ ओभरमा क्यामरन स्टेभनसनलाई १ रनमा आउट गराए। यहि ओभरको अन्तिम बलमा रुष्टली थोरनलाई शुन्यमा आउट गराउँदै सुशनले ४ विकेट लिए।
त्यस्तै, १२औं ओभरमा सन्दीपले २ विकेट लिदा अमेरिका अलआउट हुन पुग्यो। सन्दीपले ११.३ ओभरमा अक्षय होमराजलाई ४ रनमा आउट गराए भने यो ओभरको अन्तिम बलमा नस्टथस केन्जिकेलाई शुन्यमै आउट गराए।
योसँगै सन्दीपले ६ विकेट लिए। उत्कृष्ट बलिङ गरेका सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












