अमेरिका ३५ रनमै अलआउट, सन्दीपको ६, सुशनको ४ विकेट
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग टु– अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले उत्कृष्ट बलिङ गर्दै अमेरिकालाई ३५ रनमै अलआउट गरेको छ। यो स्कोर एकदिवसीय क्रिकेटमा सबैभन्दा कम रनसँग बराबरी हो। यसअघि २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई ३५ रनमै आउट गरेको थियो।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले खराब प्रदर्शन गर्दै १२ ओभरमा ३५ रन बनाउँदा सबै विकेट गुमाएको हो। अमेरिकाका लागि एक खेलाडीले मात्रै दोहोरो स्कोर बनाए।
पहिलो विकेटको रुपमा इयान होल्यान्डलाई शुन्यमा गुमाएको अमेरिकाले ज्याभियर मार्सललाई १६ रनमा गुमाएको थियो। १.६ ओभरमा होल्यान्डलाई शुन्यमै आउट गर्दै सन्दीपले नेपाललाई सुरुवाती विकेट दिलाएका थिए। त्यसपछि सुशनले २३ रन हुँदा मार्सललाई १६ रनमा आउट गराए। योसँगै अमेरिका दबाबमा आएको थियो।
त्यसपछि ७.२ ओभरमा सन्दीपले मोहम्मद पटेललाई ४ रनमा आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाए। यहि ओभरको पाँचौ बलमा सन्दीपले निसर्ग पटेललाई २ रनमा आउट गर्दै एकै ओभरमा २ विकेट लिए। योसँगै अमेरिकाले चौथो विकेट गुमाएको थियो।
त्यसपछि नवौं ओभर बलिङ गर्न सुशन भारीलाई दिए। सुशनले ८.३ ओभरमा आरोन जोन्सलाई ४ रनमा आउट गराए। अमेरिकाले २९ रन बनाउँदा महत्वपूर्ण ५ विकेट गुमायो। १०औं ओभर बलिङमा आएका सन्दीपले फेरि ९.५ ओभरमा विकेट लिए। यो पटक भने सन्दीपको बलमा तमिल पटेल एल्बिडब्लु धरापमा परे।
सन्दीपसँगै सुशन पनि रोकिएनन्। उनले पनि एकपछि अर्को ओभरमा विकेट लिदै गए। ११औं ओभर बलिङ लिएर आएका सुशनले यो ओभरमै २ विकेट लिदै नेपाललाई आठौं सफलता दिलाए। उनले १०.१ ओभरमा क्यामरन स्टेभनसनलाई १ रनमा आउट गराए। यहि ओभरको अन्तिम बलमा रुष्टली थोरनलाई शुन्यमा आउट गराउँदै सुशनले ४ विकेट लिए।
त्यस्तै, १२औं ओभरमा सन्दीपले २ विकेट लिदा अमेरिका अलआउट हुन पुग्यो। सन्दीपले ११.३ ओभरमा अक्षय होमराजलाई ४ रनमा आउट गराए भने यो ओभरको अन्तिम बलमा नस्टथस केन्जिकेलाई शुन्यमै आउट गराए।
योसँगै सन्दीपले ६ विकेट लिए। उत्कृष्ट बलिङ गरेका सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए। त्यस्तै, सुशनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिए।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












