फेसबुकले सामग्री प्रकाशनमा थप कडा नियम बनाउँदै
काठमाडाैँ । फेसबुकले हानिकारक र गलत सूचनामाथि रोक लगाउन थप कडा कदम चाल्ने घोषणा गरेका छ।
इन्टरनेट सञ्जाल फेसबुकका प्रमुख मार्क जुकेरबर्गले हानिकारक अनलाइन सामग्रीमाथि थप नियमन गर्न आग्रह गरेका छन्। तर यसले अभिव्यक्ति स्वतन्त्रताको वैधतामा कुनै असर नगर्ने उनले दाबी गरेका छन्। सामाजिक सञ्जालमा हानिकारण गलत सूचनाहरुमा रोक लगाउन अहिले ३५ हजार सदस्यीय टोलीले त्यस्ता सामग्रीहरुमाथि पुनरावलोकन गरिरहेको जानकारी दिएका छन्।
कृतिम बौद्धिकता (एआई) समेतको सहयोगमा यो काम भइरहेको र दैनिक लाखौं नक्कली फेसबुक खाताहरु नष्ट गरिएको जानकारी दिए। चीनको कोरोना भाइरसबारे फैलिरहेको अतिरञ्जनाबारे टिप्पणी गर्दै जुकेरबर्गले यस्ता हर्कतहरु दोहोरिरहेकाले फेसबुकले इन्टरनेट सामग्रीहरुमा थप कडाइ गर्न लागेको जानकारी दिएका हुन्। जर्मनीको म्युनिख सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जुकेरबर्गले गलत सूचनाहरुको प्रवाह रोक्न थप कडाई गरिरहेको उल्लेख गरे।
यसअघि पनि फेसबुकमाथि राजनीतिक मुद्दाहरु प्रचार गरेको आरोप लागिसकेको छ। सन् २०१८ मा कम्पनीले अमेरिका र विश्वव्यापी रुपमा राजनीतिक प्रचारबारे नयाँ नियम ल्याएको थियो। तर फेसबुकले भने अबदेखि प्रायोजन गरिएका सामग्रीहरु इन्टरनेट र आफ्नो डाटावेशमा नराख्ने बताइसकेको छ।
कम्पनीहरुले आफ्ना सामग्रीका लागि प्रायोजनभन्दा राजनीतिक विज्ञापनहरुको तथ्य जाँच नहुने जनाउँदै जुकेरबर्गले भनेका छन्, निजी कम्पनीहरुको अभिव्यक्ति स्वतन्त्रताका हकमा हामी धेरै निर्णय गर्न सक्दैनौं, तर यसमाथि सन्तुलित सामाजिक स्वामित्व कायम राख्न केही गर्नैपर्ने भएको छ। सरकारहरुले पनि सामाजिक सञ्जालका लागि नयाँ नियमनकारी सञ्जाल विकास गर्नुपर्ने उल्लेख गर्दै जुकेरबर्गले टेलिकम र मिडिया कम्पनीहरुका लागि मौजुदा कानूनमा केही संशोधन गर्नुपर्ने बताएका छन्।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












