वुहानबाट फर्किएकाहरु भन्छन्- ‘क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था सोचेभन्दा राम्रो’
काठमाडाैँ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी आइतबार बिहानै काठमाडौं ल्याइएका १ सय ७५ नेपालीलाई अहिले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ।
त्यहाँ पुगेपछि उनीहरूले नेपाल सरकारले आफूहरूले सोचेभन्दा राम्रो व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्।
‘हामी समस्याबाट नै आएका हौं। सरकारले जे जति गरेको छ। हाम्रो अपेक्षाभन्दा राम्रो गरेको छ,’
यस्तै वुहानबाट फर्किएका अर्का चिकित्सा शिक्षाका विद्यार्थी डा. सुदीप राउतका अनुसार सरकारले वुहानदेखि नै राम्रो व्यवस्था गरेको थियो।
‘हामीलाई विमानस्थलसम्म पनि निकै राम्रोसँग लगियो। त्यसपछि विमानको यात्रा पनि निकै सुविधाजनक थियो,’ उनले भने, ‘विमानमा दिइएको खानाले नै हामीलाई निकै खुसी लागेको थियो। किनभने त्यो पूर्णरुपमा स्वास्थ्यको ख्यालगरेर, राम्रो हिसाबकिताब भएको लन्चबक्स थियो।’
स्वदेश फर्कन पाउँदा अहिले सबै नेपालीहरु निकै हर्षित छन्। त्यसमाथि पनि सरकारले गरेको व्यवस्थाले उनीहरुको मन रमाएको छ।
‘हामीले गर्न नसक्ने त होइन रैछौं नि त,’ डा. सबिर श्रेष्ठले भने, ‘अलि अगाडि नै यो सबै भइदिएको भए झनै राम्रो हुन्थ्यो। ढिलै भए पनि देश फर्कन पाइयो। यति राम्रो व्यवस्था गरेर राखेको छ। भित्रैबाट खुसी लागेको छ।’
उनको अनुसार केही दिनयता हुबेइको लकडाउनलाई झनै सशक्तरुपमा लागू गर्न थालिएकोले सबैजना त्रसित थिए। ‘पछिल्लो समय कोठाबाट बाहिर पनि निस्कन नदिने नीति लिएको छ,’ उनले भने, ‘अब त सामान पनि अनलाइन नै अर्डर गर्नुपर्ने नियम लागू हुनसक्नेसुनिएको थियो। जे भए पनि आफ्नोदेश आइपुगियो, त्यसैमा खुसी छौं।’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












