प्रत्यारोपणपछि प्रधानमन्त्रीका ‘चारवटा मिर्गाैला’
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुने भएको छ ।
यसअघि ओलीले १२ वर्ष पहिले भारतमा मिर्गाैला प्रत्यारोपण गराएका थिए । उक्त मिर्गाैलाले काम गर्न छाडेपछि आज पुनः दोश्रो पटक ममिर्गाैला प्रत्यारोपन हुने भएको हो ।
यससँगै ओलीका अव चारवटा मिर्गाैला हुनेछन् । चिकित्सकका अनुसार मिर्गाैला प्रत्यारोपण गर्दा पुरानो फालेर नयाँ हाल्ने नभएर नयाँ थप्ने भएकाले पहिले भएका तीनवटामा एउटा थपिएछि चारवटा हुनेछन् ।
‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’ एक चिकित्सकले भने ।
हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।
चिकिर्सका अनुसार पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।
मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुबै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












