जब प्रहरी टोली ताला फोडेर जबर्जस्ती घरभित्र छिर्याे…
काठमाडाैं । सिनामंगलस्थित पवितादेवी अर्यालको घरलाई हतियारसहितका केही अपरिचितले अचानक घेरा हालेर जबर्जस्ती भित्र प्रवेश गरे।
बन्द कोठाको ताल्चा फोरे। अनि खानतलासी लिन सुरु गरे । अर्याल अवरोधमा उत्रिएपछि खानतलासी लिने प्रहरी कर्मचारी रहेको खुल्यो।
आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेको समाचार अनुसार विनाकारण प्रहरीको खानतलासीबाट आक्रोशित अर्यालले महानगरीय प्रहरी वृत्त गौशालामा फोन गरिन्।
तर, गौशाला प्रहरीले खानतलासीका लागि कुनै पनि टोली नखटिएको जानकारी पाएपछि अर्याल झन् आश्चर्यमा परिन् । घटनास्थल निरीक्षणका लागि गौशाला वृत्तबाट प्रहरी टोली पुग्यो । अनि पत्ता लाग्यो– खानतलासी लिने गौशाला वृत्तको नभई महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी रहेछन्।
सिनामंगल गौशाला वृत्तको क्षेत्राधिकारभित्र पर्छ । तर, स्वयम्भूका प्रहरी टोली खानतलासी लिन सिनामंगल कसरी पुग्यो? घटना रिपोर्टिङ हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुग्यो ।
अनुसन्धानका लागि कार्यालयले एसपी रेवती ढकालको नेतृत्वमा पाँचजना प्रहरी टोली खटायो । टोलीले निष्कर्ष निकाल्यो– खानतलासीमा खटिएका प्रहरी टोली व्यक्तिगत स्वार्थबाट प्रेरित भई अर्यालको घरमा पुगेका थिए।
उनीहरूले स्वयम्भू वृत्त प्रमुख डिएसपी लालध्वज सुवेदीलाई समेत गुमराहमा राखेका थिए । घटनामा संलग्न वृत्तका तीन सइ र तीन प्रहरी जवानलाई कारबाही भइसकेको छ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको प्रहरी टोलीले ठमेल क्षेत्रबाट एक लुटेरालाई रंगेहात पक्राउ गर्यो । वृत्त कार्यालय लगेपछि उसको शरीर खनतलासी भयो । यसक्रममा पर्सबाट १० हजार रुपैयाँ बरामद भयो । खल्तीमा लुटिएको सुन पनि फेला पर्यो । मुचुल्का उठाउन वृत्तका एक हवल्दार र प्रहरी जवान खटिए।
मुद्दा अघि बढेर जब जिल्ला प्रशासन कार्यालय पुग्यो, त्यसपछि पो थाहा भयो– लुटेराबाट बरामद १० हजार रुपैयाँ त दसी प्रमाणबाटै गायब छ । मुचुल्का उठाउने हवल्दार र प्रहरी जवानले लुटेराबाट बरामदमध्ये सुनको मात्रै मुचुल्का उठाएको अनुसन्धानपछि खुल्यो । बरामद १० हजार दुईजनाले बाँडेर लिएका रहेछन्। उनीहरुमाथि पनि कारबाही भयो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट गठित ‘परफर्मेन्स अडिट टिम’ले मातहतका प्रहरी कार्यालय अनुगमनपछि आचरणविपरीत गतिविधिमा संलग्न प्रहरी कर्मचारीविरुद्ध गरेको कारबाहीका केही उदाहरण हुन् यी।
२२ पुसबाट परिचालित टिमले दुई महिनाको अवधिमा आचरणविपरीतका गतिविधिमा संलग्न ६५ जना प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाही गरिनेमा डिएसपीदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन् । जसमध्ये चार सइ, एक हवल्दार र चार प्रहरी जवानसहित नौजनालाई नसिहत दिइएको छ ।
डिएसपीसहित विभिन्न तहका १८ जना प्रहरी कर्मचारीलाई चेतावनी दिइएको छ। ड्युटीमा नखटिएका ३२ प्रहरी कर्मचारीलाई अन्य कार्यालयमा सरुवा गरिएको छ।
ड्युटी आवरमै मादक पदार्थ सेवन गर्ने विभिन्न तहका ६ जना प्रहरी कर्मचारीलाई रिह्याबिटेसन सेन्टरमा पठाइएको छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











