नेपालमा मिर्गौला दिने महिला र लिनेमा पुरुष बढी, किन हुन्छ यस्तो?
नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्।
ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्।
आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेको समाचार अनुसार त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी।
यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ।
मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ।
अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन्। ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन्।
चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ।
नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन्।
‘पुरुषलाई घरको खम्बाको रुपमा नेपाली समाजले लिएको छ, ऊबिना परिवार नचल्ने मनोविज्ञान महिला र सिंगो समाजमा देखिन्छ,’ उनले भनिन्। शाहको विचारमा पुरुषको तुलनामा महिलाको मिर्गौला स्वस्थ हुनाले पनि यस्तो भएको हुन सक्छ।
त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.महेशकुमार सिग्देलको विचारमा पनि नेपाली समाजको सामाजिक तथा आर्थिक पक्षका कारणले मिर्गौला दान गर्ने महिला बढी भएका हुन्।
साथै महिलामा हुने दयालुपनले पनि उनीहरू अरुलाई मिर्गौला दिन उत्पे्ररित भएको देखिएको सिग्देल बताउँछन्। ‘पुरुषभन्दा महिला बढी दयालु हुन्छन्, यो पनि एउटा कारण हो’, उनले भने।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












