‘छवि फर्काउन’आधार क्षेत्रमा महरा
राजनीतिक छवि पुर्नस्थापित गर्ने अभियानमा महरा
काठमाडाैँ । काठमाडौं जिल्ला अदालतबाट सफाई पाएकै दिन सांसद कृष्णबहादुर महरा जेलमुक्त भए।
संयोगले भोलिपल्टै परेको संसद बैठकमा पूर्वसभामुख महरा पक्कै सहभागी हुनेछन् भनी धेरैको ध्यान बानेश्वर संसद भवनतिर केन्द्रित थियो।
महराको सांसद पदको निलम्बन फुकुवा पनि फागुन ६ गते नै गरियो। तर, उनी ६ गते संसद भवनमा गएनन्, ललितपुर खुमलटारमा रहेको निवासमा उनी शुभेच्छुकहरूबाट घेरिए। बधाई थापे। भेटघाट र कुराकानीमै व्यस्त रहे।
१३५ दिनपछि थुनामुक्त भएका महरा, बलात्कार प्रयास जस्तो गम्भीर आरोपमा मुद्दा झेल्नुपरेको मानसिक तनावमा थिए। उनले शुरुमा नजिकका आफन्त र नेता कार्यकर्ताका धारणा सुन्ने र आफ्ना कुरा बुझाउने कामलाई प्राथमिकता दिए।
त्यसपछि ८ गते बसेको संसद बैठकमा पनि महरा संसद जान चाहेनन्।
बरु खुमलटारमै विभिन्न व्यक्तिबाट बधाई तथा शुभकामना लिँदै उनीहरुसँग अन्तरक्रिया गरे। ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भए।
गत असोज ६ गते संसदको रोष्ट्रमबाट वर्षे अधिवेशनको समापन गर्दा महरा सभामुख थिए।
सभामुख रहेकै बेला असोज १२ गते राति संसद सचिवालयमै काम गर्ने महिला कर्मचारीले आफुलाई बलात्कार प्रयास गरेको आरोप लगाएपछि उनले १४ गते पदबाट राजीनामा दिनुपर्यो।
त्यसपछि असोज १९ गते उनलाई प्रहरीले पक्राउ गर्यो। काठमाडौं जिल्ला अदालतमा विभिन्न चरणमा भएका सुनुवाई र उच्च अदालतको आदेशपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइयो। त्यसपछि उनी पुर्याइए काठमाडौंको सदरखोर डिल्लीबजार कारागार।
दशैँ, तिहार लगायत महराका चाड हिरासतमै बिते। सभामुख पदबाट राजीनामा दिएपनि उनी सांसदबाट भने निलम्बन मात्रै भएका थिए। आरोप प्रमाणित नभएपछि जेलबाट छुटे लगत्तै संसद पदमा पुनर्स्थापित भए।
फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनीमाथि लगाइएको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै सफाई दिएर हिरासतबाट रिहा गर्न आदेश दियो। जेलबाट उनी त्यहि दिन छुटे।
महराको सांसद पद निलम्बन फुकुवा पत्र संसद भवनमा गयो। प्रतिनिधिसभाको बैठक फागुन ६ गते बोलाइएको थियो। आफुमाथि लागेको आरोपबारे उनले संसद बैठकमा कुरा राख्ने धेरैको अनुमान थियो। त्यसबिपरित उनी त्यो बैठकमा अनुपस्थित रहे।

संसदका बैठक छाडेर दाङ पुगेका महरा यतिबेला आफ्नो गृहजिल्ला रोल्पा र प्युठानतिर चहारिरहेका छन्। र, यसपटक उनी प्रायः सबै कार्यक्रममा श्रीमती सीता महरासँग देखिएका छन्। युद्धकालमा पनि सीता महरासँगै रहेर यसैगरी साथ दिन्थिन्।
फागुन १२ गते दाङको धानखोलाबाट खुला अन्तरक्रिया कार्यक्रममा सहभागी हुन थालेका महराले हापुरे, बंगलाचुली हुँदै कोइलाबास पुगेर फागुन १८ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणसँग बिताए।
त्यसपछि फागुन २० गते प्युठान पुगे। दाङदेखि उत्तरतर्फ रहेको प्युठानमा उनले माण्डवी गाउँपालिका लगायतका ठाउँका सर्वसाधारणसँग भेटेर आफ्ना कुरा राखे। त्यहाँ एकदिन बसेर महरा आफ्नो जन्मथलो रोल्पा पुगे।जहाँ उनले अझै केही दिन सर्वसाधारणसँग बिताउने योजना बनाएका छन्।
धेरैको अनुमान के थियो भने यौन दुराचारजस्तो गम्भीर आरोप लागेका महराका लागि फेरि राजनीतिमा यसरी फर्किन कठिन हुनेछ। तर जिल्ला अदालतबाट सफाई पाएलगत्तै उनी आफ्नो राजनीतिक छवि पुर्नस्थापित गर्ने एउटा चुनौतिपूर्ण अभियानमा संलग्न भएका छन्।
कानुनी रुपमा सफाई पाएपनि सर्वसाधारणका नजरमा सफाई पाउन बाँकी छ। राजनीतिकरुपमा अझै पनि गम्भीर संकटमा रहेका महराले केन्द्रीय राजनीति र संसदका बैठकभन्दा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणबीच पुग्ने बाटो रोजे।
नेकपाका स्थायी समिति सदस्य तथा महरासँगै राजनीति गरिरहेका हरिबोल गजुरेल महराले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग आफूमाथि लगाइएको आरोपबारे आफ्नो कुरा राख्ने अवसरको सदुपयोग गरेको बताउँछन्।
‘महराजीले आफ्ना मतदातालाई भेटेर यथार्थ कुरा राख्न जिल्ला भ्रमण गरेका हुन,’ गजुरेलले भने, ‘आफ्नाबारे नकारात्मक कुरा बाहिर आएपछि त्यसलाई चिर्नका लागि पनि मतदाता भेट्नुपर्छ, उहाँले त्यही गर्नुभयो जुन सकारात्मक छ।’
संसदीय राजनीतिमा मतदातालाई नेताहरुले बेला–बेला भेटिरहनुपर्ने कुरालाई महराले पनि अनुसरण गरेको गजुरेलको बुझाई छ।
महरा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए। माओवादीले सुरु गरेको दशवर्षे युद्धमा उनी नेतृत्व पंक्तिमा थिए। २०६३ मा शान्ति प्रक्रियामा आएपछि महरा अहिलेसम्म निरन्तर सांसद रहेका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












