‘छवि फर्काउन’आधार क्षेत्रमा महरा
राजनीतिक छवि पुर्नस्थापित गर्ने अभियानमा महरा
काठमाडाैँ । काठमाडौं जिल्ला अदालतबाट सफाई पाएकै दिन सांसद कृष्णबहादुर महरा जेलमुक्त भए।
संयोगले भोलिपल्टै परेको संसद बैठकमा पूर्वसभामुख महरा पक्कै सहभागी हुनेछन् भनी धेरैको ध्यान बानेश्वर संसद भवनतिर केन्द्रित थियो।
महराको सांसद पदको निलम्बन फुकुवा पनि फागुन ६ गते नै गरियो। तर, उनी ६ गते संसद भवनमा गएनन्, ललितपुर खुमलटारमा रहेको निवासमा उनी शुभेच्छुकहरूबाट घेरिए। बधाई थापे। भेटघाट र कुराकानीमै व्यस्त रहे।
१३५ दिनपछि थुनामुक्त भएका महरा, बलात्कार प्रयास जस्तो गम्भीर आरोपमा मुद्दा झेल्नुपरेको मानसिक तनावमा थिए। उनले शुरुमा नजिकका आफन्त र नेता कार्यकर्ताका धारणा सुन्ने र आफ्ना कुरा बुझाउने कामलाई प्राथमिकता दिए।
त्यसपछि ८ गते बसेको संसद बैठकमा पनि महरा संसद जान चाहेनन्।
बरु खुमलटारमै विभिन्न व्यक्तिबाट बधाई तथा शुभकामना लिँदै उनीहरुसँग अन्तरक्रिया गरे। ती तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भए।
गत असोज ६ गते संसदको रोष्ट्रमबाट वर्षे अधिवेशनको समापन गर्दा महरा सभामुख थिए।
सभामुख रहेकै बेला असोज १२ गते राति संसद सचिवालयमै काम गर्ने महिला कर्मचारीले आफुलाई बलात्कार प्रयास गरेको आरोप लगाएपछि उनले १४ गते पदबाट राजीनामा दिनुपर्यो।
त्यसपछि असोज १९ गते उनलाई प्रहरीले पक्राउ गर्यो। काठमाडौं जिल्ला अदालतमा विभिन्न चरणमा भएका सुनुवाई र उच्च अदालतको आदेशपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिइयो। त्यसपछि उनी पुर्याइए काठमाडौंको सदरखोर डिल्लीबजार कारागार।
दशैँ, तिहार लगायत महराका चाड हिरासतमै बिते। सभामुख पदबाट राजीनामा दिएपनि उनी सांसदबाट भने निलम्बन मात्रै भएका थिए। आरोप प्रमाणित नभएपछि जेलबाट छुटे लगत्तै संसद पदमा पुनर्स्थापित भए।
फागुन ५ गते काठमाडौं जिल्ला अदालतले उनीमाथि लगाइएको आरोप पुष्टि हुने प्रमाण नभेटिएको भन्दै सफाई दिएर हिरासतबाट रिहा गर्न आदेश दियो। जेलबाट उनी त्यहि दिन छुटे।
महराको सांसद पद निलम्बन फुकुवा पत्र संसद भवनमा गयो। प्रतिनिधिसभाको बैठक फागुन ६ गते बोलाइएको थियो। आफुमाथि लागेको आरोपबारे उनले संसद बैठकमा कुरा राख्ने धेरैको अनुमान थियो। त्यसबिपरित उनी त्यो बैठकमा अनुपस्थित रहे।

संसदका बैठक छाडेर दाङ पुगेका महरा यतिबेला आफ्नो गृहजिल्ला रोल्पा र प्युठानतिर चहारिरहेका छन्। र, यसपटक उनी प्रायः सबै कार्यक्रममा श्रीमती सीता महरासँग देखिएका छन्। युद्धकालमा पनि सीता महरासँगै रहेर यसैगरी साथ दिन्थिन्।
फागुन १२ गते दाङको धानखोलाबाट खुला अन्तरक्रिया कार्यक्रममा सहभागी हुन थालेका महराले हापुरे, बंगलाचुली हुँदै कोइलाबास पुगेर फागुन १८ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणसँग बिताए।
त्यसपछि फागुन २० गते प्युठान पुगे। दाङदेखि उत्तरतर्फ रहेको प्युठानमा उनले माण्डवी गाउँपालिका लगायतका ठाउँका सर्वसाधारणसँग भेटेर आफ्ना कुरा राखे। त्यहाँ एकदिन बसेर महरा आफ्नो जन्मथलो रोल्पा पुगे।जहाँ उनले अझै केही दिन सर्वसाधारणसँग बिताउने योजना बनाएका छन्।
धेरैको अनुमान के थियो भने यौन दुराचारजस्तो गम्भीर आरोप लागेका महराका लागि फेरि राजनीतिमा यसरी फर्किन कठिन हुनेछ। तर जिल्ला अदालतबाट सफाई पाएलगत्तै उनी आफ्नो राजनीतिक छवि पुर्नस्थापित गर्ने एउटा चुनौतिपूर्ण अभियानमा संलग्न भएका छन्।
कानुनी रुपमा सफाई पाएपनि सर्वसाधारणका नजरमा सफाई पाउन बाँकी छ। राजनीतिकरुपमा अझै पनि गम्भीर संकटमा रहेका महराले केन्द्रीय राजनीति र संसदका बैठकभन्दा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणबीच पुग्ने बाटो रोजे।
नेकपाका स्थायी समिति सदस्य तथा महरासँगै राजनीति गरिरहेका हरिबोल गजुरेल महराले आफ्नो निर्वाचन क्षेत्रका जनतासँग आफूमाथि लगाइएको आरोपबारे आफ्नो कुरा राख्ने अवसरको सदुपयोग गरेको बताउँछन्।
‘महराजीले आफ्ना मतदातालाई भेटेर यथार्थ कुरा राख्न जिल्ला भ्रमण गरेका हुन,’ गजुरेलले भने, ‘आफ्नाबारे नकारात्मक कुरा बाहिर आएपछि त्यसलाई चिर्नका लागि पनि मतदाता भेट्नुपर्छ, उहाँले त्यही गर्नुभयो जुन सकारात्मक छ।’
संसदीय राजनीतिमा मतदातालाई नेताहरुले बेला–बेला भेटिरहनुपर्ने कुरालाई महराले पनि अनुसरण गरेको गजुरेलको बुझाई छ।
महरा २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट निर्वाचित भएका थिए। माओवादीले सुरु गरेको दशवर्षे युद्धमा उनी नेतृत्व पंक्तिमा थिए। २०६३ मा शान्ति प्रक्रियामा आएपछि महरा अहिलेसम्म निरन्तर सांसद रहेका छन्।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











