इटालीका १ करोड ६० लाख मानिस क्वारेन्टाइनमा
काठमाडौं । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकको लोम्बार्डी क्षेत्र र अन्य १४ प्रान्तमा कम्तीमा १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिएको बताएका छन् ।
कोरोना भाइरस कोभिड–१९को महामारी फैलिएसँगै इटालीले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । उनीहरुलाई अप्रिलसम्म क्वारेन्टाइनमा राखिने छ ।
कोरोना भाइरसको महामारी रोक्न इटालीले जिमखाना, स्वीङ पुल, म्युजियम र स्काई रिसोर्टहरु बन्द गर्ने निर्णय गरेको छ । इटालीमा युरोपमा कोरोना भाइरस सबैभन्दा बढी फैलिएको मुलुक हो । उल्लेख्य संख्यामा यो भाइरसबाट संक्रमितको संख्या बढ्दो क्रममा छ ।
अहिले घोषणा गरिएअनुसा क्वारेन्टाइन अप्रिल ३ सम्म जारी रहने छ ।
इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २३३ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा मात्र इटालीमा ५० जनाभन्दा बढीको ज्यान गएको थियो । यो भाइरसबाट संक्रमितको संख्या पनि ५८०० नाघिसकेको छ ।
इटालीको लोम्बार्डीको पुरै उत्तरी क्षेत्र र इटालीको वित्तीय केन्द्र मानिएको मिलानमा आपतकालीन सेवा बाहेक सबै पहुँच बन्द गरिएको छ । त्यहाँ मात्र एक करोड मानिसको बसोवास छ । त्यसका साथै भेनिस, पर्मा र मोडेनामा पनि यसमा समावेश गरिएको छ । जसको कारण यसबाट समग्रमा १ करोड ६० लाख मानिस प्रभावित हुनेछन् । अहिलेसम्म उत्तरी इटालीमा ५० हजार मानिस क्वारेन्टाइनबाट प्रभावित बनेका छन् ।
यो व्यवस्था लागु भएसँगै इटालीमा रेस्टुरेन्ट र क्याफे पनि खुला त रहनेछन् तर ग्राहकहरु कम्तीमा एक मिटरको दूरीमा बस्नुपर्नेछ । सरकारले मानिसहरुलाई आफ्नै घरमा मात्र बस्न सुझाएको छ ।
क्वारेन्टाइनलाई नमान्ने मानिसलाई कम्तीमा ३ महिनाको जेल सजायको व्यवस्था गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरसलाई नियन्त्रण गर्न इटालीलाई आफ्नो पूरा ध्यान यसमा केन्द्रित गर्न सुझाव दिएको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख कटिसकेको छभने ३६०० बढीले ज्यान गुमाएका छन् । भाइरसको कारण अधिकांश मानिसको ज्यान चीनमा गएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












