चीनमा कोरोना संक्रमणको दर अहिलेसम्मकै न्युन
एजेन्सि । चीनमा कोरोना भाइरसको संक्रमण दर हालसम्मकै कम देखिएको छ।
दैनिक संक्रमणको दरमा उल्लेख्य कमी आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
गत जनवरी २० देखि चीनले कोरोना संक्रमितको दैनिक संख्या सर्वाजनिक गर्दै आएको छ। गएको २४ घण्टामा चीनमा मात्र ४० जना कोरोनाबाट संक्रमित भएको आयोगको भनाइ छ।
यस्तै चीनमा मृतकको संख्या पनि घट्दै गएको छ। गएको २४ घण्टामा चीनमा २२ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ।
यससँगै चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ७३५ पुगेको छ। त्यहाँ मृतकको संख्या ३ हजार ११९ पुगेको छ।
दैनिक कोरोना संक्रमणको दरलाई हेर्ने हो भने हाल चीनमा भन्दाबढी बाहिरी देशमा कोरोनाको संक्रमित बढ्दै गएका छन्।
गएको २४ घण्टामा दक्षिण कोरियामा २ सय ४८ संक्रमित बढेको देखिएको छ। हाल कोरियामा ७ हजार ३८२ संक्रमित छन्।
इटालीमा सो अवधिमा १४ सय ९२ संक्रमित बने। इटालीमा संक्रमितको संख्या ७ हजार ३७५ पुगेको छ। इटालीमा यही अवधिमा १३३ जनाको कोरोनाकै कारण मृत्यु भयो। हाल त्यहाँ ३६६ को मृत्यु भइसकेको छ।
विश्वभरको तथ्यांकअनुसार सोमबारसम्म १ लाख ९ हजार २७१ कोरोनाबाट संक्रमित छन्। यसबीचमा ३ हजार ८१६ को ज्यान गइसकेको छ। ६२ हजार १७६ उपचारपछि स्वस्थ बनेका छन्।
विश्व स्वास्थ्य संगठनले हाल विश्वभरका वैज्ञानिकहरुले २० भन्दाबढी कोरोनाको भ्याक्सिन निर्माण गरिरहेको जनाएको छ।
यसबीचमा कोरोनाबाट जोगिने उपायहरु अबलम्ब गर्न र कोरोनाबारे भ्रम नफैलाउन संगठनले अनुरोध गरेको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












