फिचर : छोरा डाक्टर, आमा पढ्दै
‘खाने मुखलाई जुंगाले छेक्दैन’ भने झैं ६२ वर्षको उमेरमा पनि सुशीला खनालले शिक्षाको बाटो अवलम्बन गरेकी छिन् । जिन्दगीमा सयौं हन्डर–ठक्कर खाएकी उनले जिन्दगीको हतियार कलमलाई ठान्छिन् । जसका कारण समाजमा प्रेरणाको स्रोत बन्न सफल भएकी छिन् । निलो कुर्ता सलवारका साथ हातमा पुस्तक समाउँछिन् उनी । हर्ष र जांगरका साथ बिहानै बानेश्वर क्याम्पसमा प्रस्थान गर्छिन् ।
उनको पढाइप्रतिको निरन्तर लगावप्रति विद्यार्थी लगायत गुरुहरूले पनि आदरभाव प्रकट गर्दछन् । २०१४ सालमा गोरखामा जन्मिएकी खनाल हाल काठमाडौको नयाँबानेश्वरमा बस्छिन् । अरूको घरमा भाले बास्दा उनको घरमा कुकरको सिठ्ठीको आवाज सुनिन्छ ।
श्रीमान् नारायणप्रसाद खनाललाई अफिस जानका लागि खाना तयार गरी आफू क्याम्पस जान्छिन् । सहपाठीको उमेर नाति नातिनाजस्तो छ । तर उनलाई कुनै समस्या छैन । उनी भन्छिन्, ‘पढ्नका लागि उमेर बाधक होइन, इच्छाशक्ति हुनुपर्छ । जुनसुकै उमेरमा पनि पढ्न सकिन्छ ।’
उनकै उमेर समूहमा मानिस नाति नातिना खेलाएर बस्छन् । तर अरूकोभन्दा पृथक सोच भएको खनाल आज पनि कलम खेलाउंँदैछिन् । बाल्य अवस्थामा पढ्न पाइनन् र वैवाहिक जीवनमा बांधिएपछि सम्पूर्ण कार्यभार सम्हालेर बसिन् । जेठो छोरालाई इन्जिनियर, कान्छो छोरालाई डाक्टर र छोरीलाई स्नातकोत्तरसम्म पढाउन ठूलो भूमिका निर्वाह गरिन् ।
कामको शिलशिलामा जेठो छोरा बुहारी दुई छोरीको साथमा अमेरिकामा छन् । कान्छो छोरा र बुहारीको एउटा छोरी लण्डनमा छन् । साथै छोरीको एउटा छोरा र छोरी नेपालमा नै अध्ययन गरिरहेका छन् । बिहान ४ः०० बजेदेखि उठेर दैनिक नित्य कर्म गरी भान्साको काम सकेर क्याम्पस जान्छिन् । उनको यस्तो सुशिल र भद्र व्यवहारप्रति खनाल परिवार सन्तुष्ट छन् ।
सबैका लागि समय दिने सुशिलाले आफ्नो लागि थोरै समय दिंदा पनि शैक्षिक स्तर राम्रो देखिन्छ । बुढेसकालमा पनि के पढ्न गएको होला भन्ने छिमेकीहरुले अहिले तारिफ गर्न थालेका छन् । छोराछोरी भन्छन्, ‘जीवनको सफल यात्राको पार लगाउने माझीको रुपमा हुन् हामी आमा ।’
घरपरिवार र गुरुहरूबाट प्राप्त प्रेरणाले सुशिलालाई शैक्षिक यात्रामा थप हौसला प्रदान ग¥यो । उनका श्रीमान् भन्छन्, ‘हाम्रा लागि सुशीला ‘मैनबत्तिको शिखा’ हुन् । जसले आफू जलेर पनि आफ्ना परिवारका लागि उज्यालो प्रदान गरेकी छिन् ।’
२०६६ सालमा कक्षा २ मा भर्ना भएदेखि उनको शैक्षिक यात्राको प्रारम्भ हुन्छ । २०७० सालमा सवारी दुर्घटनामा परेर पढाइलाई निरन्तरता दिन सकिनन् । एकबर्ष अमेरिकाको बसाईपछि उनको पढाइले गति लिन सकेन् । २०६९ सालको एस.एल.सी.मा गणितमा कम अंक आएपछि क्याम्पस पढ्ने सपना अधुरै रह्यो ।
गुरुहरूको राय अनुसार २०७४ सालमा एस.ई.ई. दिएर उत्तीर्ण गरिन् । आमसञ्चार र पत्रकारिता पढिरहेको खनाललाई कक्षा ११ मा बानेश्वर क्याम्पसको २८औं वार्षिकोत्सवमा पनि सम्मान गरे । उनले पढाइका साथसाथै समाजसेवाको कार्यलाई पनि निरन्तरता दिइरहेकी छिन् ।
बानेश्वर क्याम्पसका गुरुहरू भन्छन्, ‘सुशीला जस्तो नारीलाई आफ्नो चेलीको रूपमा लिन पाउँदा विद्याको मन्दिर भरिपूर्ण भएको भान हुन्छ । अशिक्षित मानिसहरूलाई उनी भन्छिन्, ‘निरन्तर प्रयास गर्नुहोस्, असफलता नै तपाईंको जीवनको ठूलो सफलताको रूपमा परिणत हुन्छ ।’
जिन्दगीका र समस्यासँग लड्दै उनी आफ्नो पढ्ने सपना साकार पार्न सफल भइन् । खनाल आज पनि किताब बोकेर मन्द मुस्कानको साथ आफ्नो कक्षा कोठामा उपस्थित हुन्छिन् ।
Comments
अरु समाचार
-
सुशासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका महत्वपूर्ण छः प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले सुशासन प्रर्वद्धन गर्दै भ्रष्ट्राचार नियन्त्रण गर्न राज्यका सबै निकायको भुमिका...
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...