कोरोना प्रकोप : एकैदिन इटालीमा ६२७ र स्पेनमा २६२ जनाको मृत्यु
एजेन्सि । शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ ।
त्यस्तै शुक्रबार थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन् ।
त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् ।
शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।त्यस्तै फ्रान्समा पनि शुक्रबार मात्रै थप ७८ जनाको मृत्यु भएको छ भने ४ सय ५० जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५० पुगेको छ भने संक्रमितको संख्या १२ हजार ६ सय १२ जना संक्रमित भएका छन् । त्यस्तै शुक्रबार बेलायतमा ३३, नेदरल्यान्ड्समा ३०, जर्मनीमा २४, बेल्जियममा १६, स्विजरल्यान्डमा १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा शुक्रबार मात्रै १४९ जनाको मृत्यु भएको छ भने एक हजार ४ सय ३४ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ४ सय ३३ पुगेको छ भने १९ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ ।त्यस्तै अमेरिकामा पनि शुक्रबार अहिलेसम्मकै बढी ५४ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै अमेरिकामा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५ सय १४ रहेको छ ।त्यस्तै शुक्रबार चीनमा ७ जनाको मात्रै मृत्यु भएको छ भने त्यस्तै ४१ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने ८१ हजार ८ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ । चीनमा ७१ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ ।
शुक्रबार मात्रै कहाँ कति मृत्यु ?
इरान– ६२७स्पेन – २६२इरान– १४९
फ्रान्स – ७८अमेरिका– ५४बेलायत– ३३
नेदरल्यान्ड्स – ३०जर्मनी – २४बेल्जियम – १६
स्विजरल्यान्ड – १३दक्षिण कोरिया – ११
चीन – ७इन्डोनेसिया – ७स्विडेन,टर्की – ५/५
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३
जनापोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४डायमन्ड प्रिन्सेस पानीजहाज – १इ
जरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक/एक जना
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











