कोरोनाविरुद्ध अनेरास्ववियू रुकुम(पुर्व)ले थाल्यो मास्क वितरण तथा जनचेतना अभियान
रुकुम (पुर्व) । कोरोना भाइरस (कोभिड-१९) बाट बच्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले निःशुल्क मास्क वितरण तथा जनचेतना अभियान सञ्चालन गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट जोगिन सहज बनाउने लक्ष्यले १ हजार ५ सय थान मास्क तथा जनचेतनामुक प्रचा पोष्ट वितरण गरेको हो ।
कार्यक्रममा सिस्ने गाँउपालिका अध्यक्ष कुमारी बराल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य कृष्ण रेग्मी, टोपबहादुर ओली, अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल र अनेरास्ववियू जिल्ला संयोजक रेबन खड्का लगाएतको उपस्थिती रहेको थियो ।
जिल्लामा मास्कको अभाव बढ्दै गएपछि अनेरास्ववियूले रुकुम(पुर्व) सदरमुकाम रुकुमकोट स्थित “मनज्ञा सिटि अस्पताल”को सहकार्यमा जिल्लाका मुख्य-मुख्य ठाँउ बजार क्षेत्र सदरमुकाम रुकुमकोट, पोखरा, धपे,नायगाड र सिस्नेरीलगाएतका ठाँउमा मास्क तथा जनचेतनामुलक प्रचा-पोष्ट वितरण गरेको हो ।
जिल्लाका बाँकी भुमे गाँउपालिका, पुथा उत्तरगँगा गाँउपालिकामा पनि यो अभियान बिस्तार गरीने संयोजक खड्काले बताए । उनले भने, ‘देशमा कोरोना भाइरसको जोखीमपूर्ण अवस्था छ, यसको जोखिम न्यनिकरणका लागि जिल्लाका सम्पुर्ण ठाऊमा मास्क वितरण गर्ने योजना बनाएका हौँ।’
यस अभियानलाई बिस्तार गर्नका लागी सम्पुर्णको साथ सहयोगको आवश्यक रहेको संयोजक खड्काले बताए ।
यस्तै अभियानमा संलग्न विद्यार्थी नेता शोहेल श्रेष्ठले भनेः जिल्लाबासी अधिकांशलाई मास्कको प्रयोग र विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बारेमा जानकारी नभएको र यस जनचेतनामुलक अभियानले महत्वपुर्ण भुमिका उद्देश्यका साथ अभियान थालेका छाै ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












