राष्ट्रसंघको चेतावनी : कोरोना भाइरस मानवजातिकै लागि खतरा, शक्तिराष्ट्रले राजनीति नगरून्
एजेन्सि । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको बताएका छन्।
उनले यसविरुद्ध सम्पूर्ण मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन्। महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाईं अब पर्याप्त नहुने चेतावनी पनि दिएका छन्।
उनले कोरोना भाइरस मानवताविरुद्धको महामारी भएकाले यसलाई लिएर कुनै पनि देशले राजनीति गर्न नहुने बताए। अमेरिका र युरोपेलीसहित पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको कुरा उठिरहेका बेला राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोभिड-१९ लाई चाइनिज भाइरसको संज्ञा दिएका छन्।
युरोपेली मुलुक र अमेरिका कोरोना भाइरसले अस्तव्यस्त भइरहेका बेला राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताएका हुन्। तर शक्तिशाली देशहरू अझै यो भाइरसलाई लिएर फरक फरक कुरा राखिरहेका छन्। विश्वका शक्तिशाली देशहरूको समूह ‘जी सेभेन’का विदेशमन्त्रीमाझ कोरोना भाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भइरहेका बेला राष्ट्रसंघको कडा टिप्पणी आएको हो। वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताको छ।
तर अन्य सदस्य राष्ट्रहरुले त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरिदिएका छन्। शक्तिराष्ट्रहरुसँग अब एकजुट हुनुको विकल्प नरहेको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवा नभएका जोखिमपूर्ण देशलाई मद्दत गर्न २ अर्ब डलर कोषको पनि घोषणा गरेको छ। विकासोन्मुख र गरिब देशमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउन सक्ने चेतावनी पनि राष्ट्रसंघले दिइसकेको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












