मुस्ताङमा अलपत्र ७० आफ्ना नागरिक ल्याउन फ्रेन्च दूतावासले पठायो चार्टर्ड जहाज
काठमाडाैँ । अन्नपूर्ण फेरो पदयात्रा र मुस्ताङ घुम्न गएका ७० जना विदेशी पर्यटकलाई अहिले उद्धार गरेर काठमाडौं पठाउन लागिएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा दुई वटा बसमा राखेर उनीहरूलाई काठमाडौं लैजान लागेको बताइएको छ।
मुक्तिनाथमा रहेका ३५ जना र जोमसोममा रहेका ३५ जना पर्यटक काठमाडौं जानका लागि हिँडेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए।
भुजेलका अनुसार काठमाडौंस्थित ब्राजिलको दूतावासले पनि आफ्ना नागरिकबारेमा चासो दिएका छन्। अहिले पोखरामा ४ जना ब्राजिलियन नागरिक भेटिएको र जसमा ३ जना यहीं बस्न खोजेका छन्। एक जना भने फर्कन चाहेकाले व्यवस्था मिलाउन लागेको भुजेलले बताए।
काठमाडौंस्थित फ्रान्सेली दूतावासले पोखरामा रहेका आफ्ना नागरिकको उद्धार गर्न विमान चार्टर गरेको छ। पोखरा र आसपास घुम्न आएका आफ्ना नागरिकलाई उद्धार गर्न ७२ जना क्षमताको विमान चार्टर गरेको बुद्ध एयरको पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।
दूतावासका अनुसार अहिलेसम्म पोखरामा ४७ जना फ्रेन्च नागरिक सम्पर्कमा आएका छन्। यो संख्या बढेर ६० जना पुग्ने दूतावासको अनुमान छ। उनीहरूको सामानसहित लैजाँदा ६० जनाभन्दा धेरै बोक्न नसक्ने बुद्ध एयरका म्यानेजर बरालले बताए।
‘फ्रेन्च नागरिकको उद्धार गर्न दूतावासले विमान चार्टर गरेको छ,’ बरालले सेतोपाटीलाई भने, ‘उनीहरूले आफ्ना नागरिकलाई पोखराबाट लैजान हाम्रो विमान आउँदैछ।’
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि पर्यटक अलपत्र परेका छन्। अन्य देशका पर्यटक उद्धारबारे भने अहिलेसम्म जानकारी नभएको बरालले बताए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












