प्रहरीले ल्यायो रेस्क्यू तथा एरेस्टेड उपकरणः लकडाउनको समयमा हिड्नेलाई नछोइ समात्ने
काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट बच्ने एक उपाय हो सामाजिक दुरी कायम गर्नु।
यतिखेर धेरै जसोले समाजिक दुरी कायम गरिरहेका छन्। तर सडकमा खटिएका प्रहरीले कसरी सामाजिक दुरी कायम गर्लान्? सबैभन्दा मार्का प्रहरीलाई परेको छ। सरकारले लकडाउन गरेर घरमा बस्न निर्देशन दिएको छ।
तर प्रहरी भने सडकमा खटिनुपरेको छ। यस्तो अवस्थामा प्रहरीले कसरी सामाजिक दुरी कायम गर्ला? कुनै पनि मानिसले नियमको उल्लाङ्घन गरे उसलाई समात्नु त पर्ला? ल समात्न पनि हातमा पञ्जा लगाएर होला तर नजिक त जानै पर्यो। अनि कसरी हुन्छ सामाजिक दुरी कायम?
त्यस्तै प्रहरीले नियन्त्रणमा लिनको लागि सामाजिक दुरी कायम गर्ने गरि एक उपकरणको प्रयोग गर्न थालेको छ। प्रहरीले रेस्क्यू तथा एरेस्टेड उपकरण ल्याएको छ। ‘यो कोरोनाको संक्रमणबाट जोगिन प्रयोग भएको उपकरण हो।’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।
परिसरले अहिले दुईवाट टोली बनाएर लकडाउन उल्लङघन गर्नलाई नियन्त्रणमा लिने गरेको छ। अहिलेसम्म यो उपकरणको प्रयोग गरेर ५० जनालाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले बताए।
यस उपकरणको सहयोगमा प्रहरीले कुनै पनि मानिसलाई नियन्त्रणमा लिन उसको नजिक पुग्नु नै पर्दैन। करिव एक मिटरको दुरीमा रहेर यसको सायताले मानिसलाई नियन्त्रणमा लिन सकिन्छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












