कोरोना अपडेट : इटलीमा एकै दिनमा ९०० भन्दा बढीको मृत्यु
एजेन्सि । कोरोना भाइरस संक्रमण सुरु भएयता इटलीमा एकदिनमा अहिलेसम्मकै सबभन्दा उच्च ९१९ जनाको मृत्यु भएको छ। इटलीमा मात्रै ९ हजार भन्दा बढीको उक्त भाइरसका कारण अहिलेसम्ममा ज्यान गएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङक्रमितहरूको जीवन बचाउन आवश्यक पीपीइको विश्वव्यापी रूपमै अभाव रहेको बताएका थिए। इटली युरोपमा सबभन्दा नराम्ररी प्रभावित मुलुक हो।
शुक्रवार सबेरै अधिकारीहरूले सबै कुरामा लगाइएको कडाइ ३ एप्रिल भन्दा अझ बढी समयका लागि बढाउन सकिने चेतावनी दिएका थिए। सबभन्दा प्रभावित उत्तरी क्षेत्रमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या अत्यधिक बढी थियो। नयाँ संक्रमित हुनेको संख्या बिहीवार केही घटेकाले संक्रमण उच्चतम बिन्दुमा पुगेको हुन सक्ने भन्दै केही आशा जगाएको थियो।
इटलीमा अहिलेसम्म ८६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ।
तुलनात्मक रूपमा गरिबी धेरै भएको दक्षिणी क्षेत्रमा संक्रमण बढ्दै गएपछि त्रास पनि बढेको छ।
क्याम्पानिया क्षेत्रका अध्यक्ष भीन्सेन्टो डी लुसाले बिहीवार केन्द्र सरकारले जीवन बचाउनका लागि आवश्यक भेन्टिलेटर उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि त्यो पूरा नगरको बताएका थिए।
उनले भने, ‘अहिलेसम्मको स्थिति हेर्दा दक्षिणले पनि लोम्बार्डीकै त्रासदी भोग्नुपर्ने जस्तो देखिएको छ।’
त्यसैदिन प्रधानमन्त्री जुजुपे कोन्टेले अब युरोपमा गम्भीर आर्थिक मन्दी हुने बताएका थिए। उनले २७ अर्ब डलर बराबरको दोस्रो सहायता प्याकेज घोषणा गरेका थिए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












