‘कोरोनाविरुद्धको खोपको विकास तीव्र गतिमा हुँदै’
एजेन्सी । नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् ।
हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार र खोपको कहिले भन्छ भन्ने आमचासो बढेको छ । संसारका मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप कहिले बन्छ भनेर विश्वभरबाट चासो व्यक्त गरिएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयको खोप विकास टोलीको नेतृत्व गरिरहेकी प्रोफेरसर सारा जिलबेर्टले आफूहरु जतिसक्दो चाँडो खोप विकास गर्न लागिरहेको बताएकी छन् । उनले खोप पूर्णरुपमा विकास भएर प्रयोगमा आउन १२ देखि १८ महिनासम्म लाग्ने बताएकी छन् ।
उनले बीबीसीलाई भनिन्, “हामी अहिलेसम्मकै द्रुत गतिमा खोपको विकास गर्न लागिरहेका छौं । तर, महत्वपूर्ण कुरा के छ भने खोप सुरक्षित हुनुपर्छ र आमरुपमा प्रयोगमा आउनुअघि यसले पूर्णरुपमा काम गरेको र अन्य असरहरु गर्नु हुँदैन भन्नेमा विशेष सचेतता अपनाएका छौं ।”
“दुर्भाग्य खोप विकासका लागि केही समय लाग्छ । महामारीसँगै खोप विकासको काम पनि तीव्ररुपमा भइरहेको छ । जुन अहिलेसम्म यति तीव्ररुपमा अन्य रोगका खोपहरु विकास गरिएका थिएनन् । तर, हामीले कनै पनि चरण छुटाउनु हुँदैन,” उनले भनिन् ।
विश्वविद्यालयले क्षमता बढाउने काममा पनि ध्यान दिएको उनले बताइन् । उनले भनिन्, “ठूलो परिमाणमा खोप विकास गर्न क्षमता बढाउने काम भइरहेको छ ।” यसअघि अमेरिकामा पनि खोपको विकास गरेर मानव परीक्षण गरिएको थियो । तर, उक्त खोप आमरुपमा प्रयोगमा आइसकेको छैन ।
अहिले विभिन्न मुलुकका वैज्ञानिकहरु खोपको विकासमा जुटिरहेका छन् । यससँगै द्रुत गतिमा कोरोना परीक्षण किट बनाउने अभियानमा पनि लागिरहेका छन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











