विश्वभर कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, मृतकको संख्या ३४ हजार पुग्यो
एजेन्सि । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्।
यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु भएको छ।
अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन्।
सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।
कुन देशमा कति
अमेरिका
संक्रमित: १,४२,१०६
मृत्यु: २,४७९
निको: २,६८६
इटाली
संक्रमित: ९७,६८९
मृत्यु: १०,७७९
निको: १३,०३०
चीन
संक्रमित: ८२,१२२
मृत्यु: ३,३०४
निको: ७५,५८२
स्पेन
संक्रमित: ८०,११०
मृत्यु: ६,८०३
निको: १४,७०९
जर्मनी
संक्रमित: ६२,०९५
मृत्यु: ५४१
निको: ९,२११
फ्रान्स
संक्रमित: ४०,७२३
मृत्यु: २,६११
निको: ७,२२६
इरान
संक्रमित: ३८,३०९
मृत्यु: २,६४०
निको: १२,३९१
बेलायत
संक्रमित: १९,७८४
मृत्यु: १,२३१
निको: १५१
स्वीजरल्यान्ड
संक्रमित: १४,८२९
मृत्यु: ३००
निको: १,५९५
नेदरल्यान्ड
संक्रमित: १०,९३०
मृत्यु: ७७२
निको: २५३
दक्षिण कोरिया
संक्रमित: ९,५८३
मृत्यु: १५२
निको: ५,०३३
भारत
संक्रमित: १,०२४
मृत्यु: २७
निको: ९५
नेपाल
संक्रमित: ५
मृत्यु: ०
निको: १
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











