लकडाउनमा अलपत्र परेका पर्यटक लिएर निगमको विमान अष्ट्रेलिया उड्दै
काठमाडौं । नेपाल वायुसेवा निगमलाई अष्ट्रेलिया चार्टर उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।
लकडाउनका कारण नेपालमा रोकिएका अष्ट्रेलियाका नागरिक लैजान नेपालस्थित अष्ट्रेलिया दूतावासको पहलमा निगमको चार्टर विमानबाट लैजान खोजिएको हो ।
अष्ट्रेलिया उडानका लागि प्राधिकरणले अनुमति दिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
आज बेलुका साढे ५ बजे उड्ने विमान मलेसियाको क्वालालम्पुरमा अवतरण गरेर इन्धन भरेर अष्ट्रेलियाको ब्रिसवेन जाने क्षेत्रीले जानकारी दिए ।
गत शनिबार नेपालस्थित अष्ट्रेलिया दूतावासले नेपालमा रहेका आफ्ना नागरिक जो स्वदेश फर्कन चाहन्छन् सम्पर्कमा रहन आग्रह गरेको थियो । लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका उनीहरुलाई नेपाल पर्यटन बोर्डको पहलमा काठमाडौं ल्याइएको छ ।
दूतावासले अष्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गर्न लागिएको हो । दूतावासका अनुसार अष्ट्रेलियन नागरिक र पीआर पाएका नेपाली मात्रै यो चार्टर उडानमा जान पाउनेछन् ।
चार्टर उडानका लागि इकोनोमी क्लासको टिकट दर एक हजार ८ सय अमेरिकी डलर अर्थात नेपाली करिब २ लाख १६ हजार रुपैयाँ र विजनेस क्लासको टिकट दुई हजार ३ सय डलर अर्थात २ लाख ७६ हजार रुपैयाँ लिइएको छ ।
दूतावासका अनुसार ४ सय बढी अष्ट्रलियन नागरिक र १ सय ८७ पीआर लिएका व्यक्तिहरु रहेका छन् । नेपालबाट चार्टर उडान गरेर जाने निगमको विमानले अष्ट्रेलियाबाट नेपालीसहित कुनै पनि यात्रु भने लिएर आउन पाउँदैन ।
मंगलबार पनि कतार एयरवेजको विमान चार्टर गरेर नेपालमा रहेका अमेरिकी नागरिक स्वदेश फर्किसकेका छन् । नेपालस्थित अमेरिकी दूतावासको आग्रहमा कतार एयरवेजको चार्टर गरेको विमान काठमाडौं आएको थियो ।
नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकहरुलाई पनि काठमाडौंसम्म ल्याउने नेपाल पर्यटन बोर्डले समन्वय गरेको थियो ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












