लकडाउनमा अलपत्र परेका पर्यटक लिएर निगमको विमान अष्ट्रेलिया उड्दै
काठमाडौं । नेपाल वायुसेवा निगमलाई अष्ट्रेलिया चार्टर उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ ।
लकडाउनका कारण नेपालमा रोकिएका अष्ट्रेलियाका नागरिक लैजान नेपालस्थित अष्ट्रेलिया दूतावासको पहलमा निगमको चार्टर विमानबाट लैजान खोजिएको हो ।
अष्ट्रेलिया उडानका लागि प्राधिकरणले अनुमति दिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
आज बेलुका साढे ५ बजे उड्ने विमान मलेसियाको क्वालालम्पुरमा अवतरण गरेर इन्धन भरेर अष्ट्रेलियाको ब्रिसवेन जाने क्षेत्रीले जानकारी दिए ।
गत शनिबार नेपालस्थित अष्ट्रेलिया दूतावासले नेपालमा रहेका आफ्ना नागरिक जो स्वदेश फर्कन चाहन्छन् सम्पर्कमा रहन आग्रह गरेको थियो । लकडाउनका कारण देशका विभिन्न भागमा रोकिएका उनीहरुलाई नेपाल पर्यटन बोर्डको पहलमा काठमाडौं ल्याइएको छ ।
दूतावासले अष्ट्रेलियाको सिड्नी उडान गर्ने भनी सूचना सार्वजनिक गरे पनि ब्रिसबेन उडान गर्न लागिएको हो । दूतावासका अनुसार अष्ट्रेलियन नागरिक र पीआर पाएका नेपाली मात्रै यो चार्टर उडानमा जान पाउनेछन् ।
चार्टर उडानका लागि इकोनोमी क्लासको टिकट दर एक हजार ८ सय अमेरिकी डलर अर्थात नेपाली करिब २ लाख १६ हजार रुपैयाँ र विजनेस क्लासको टिकट दुई हजार ३ सय डलर अर्थात २ लाख ७६ हजार रुपैयाँ लिइएको छ ।
दूतावासका अनुसार ४ सय बढी अष्ट्रलियन नागरिक र १ सय ८७ पीआर लिएका व्यक्तिहरु रहेका छन् । नेपालबाट चार्टर उडान गरेर जाने निगमको विमानले अष्ट्रेलियाबाट नेपालीसहित कुनै पनि यात्रु भने लिएर आउन पाउँदैन ।
मंगलबार पनि कतार एयरवेजको विमान चार्टर गरेर नेपालमा रहेका अमेरिकी नागरिक स्वदेश फर्किसकेका छन् । नेपालस्थित अमेरिकी दूतावासको आग्रहमा कतार एयरवेजको चार्टर गरेको विमान काठमाडौं आएको थियो ।
नेपालका विभिन्न भागमा रहेका अमेरिकी नागरिकहरुलाई पनि काठमाडौंसम्म ल्याउने नेपाल पर्यटन बोर्डले समन्वय गरेको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












