प्रधानमन्त्री ओलीले भोलि ११ बजे देशबासीलाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए ।
“सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो । सम्भवतः भोलि ११ बजे सम्बोधन गर्नुहुन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा निर्णय गर्नुपरेन, बैठकलाई अवगत मात्रै गराए पुगिहाल्यो” ती मन्त्रीले भने ।
कोरोना सङ्क्रमणले चौतर्फ असर पुर्याइरहेका वेला प्रधानमन्त्रीको सम्बोधन अपेक्षित थियो । लकडाउन यता मौन रहेको भन्दै प्रधानमन्त्रीले आलोचना बेहोरिरहेका थिए ।
सरकारले तेस्रो चरणको बन्दाबन्दीको घोषणा गरेको छ । बन्दाबन्दीको प्रत्यक्ष असर पु¥याएकाहरूलाई सरकारले राहतको प्याकेजको पनि घोषणा गरेको छ । कोरोना सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले सरकारको तयारीको बारेमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बुझिएको छ । त्यसबाहेक सरकारले थप राहतका कार्यक्रम ल्याउन सक्ने पनि स्रोतले जानकारी दियो ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











