तातोपानी नाका मात्रै खुल्ने, रसुवागढी नाका खोल्न चीनले मानेन
काठमाडौं । सरकारले अत्यावश्यक सामग्री आयातका लागि चीनतर्फका नाका खेल्न आग्रह गरे पनि चीनले रसुवागढी नाका खेल्न नदिने स्पष्ट पारेको छ ।
चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सार खोल्न उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले चीनलाई पत्राचार गरेको थियो ।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका बुधबार साँझदेखि खुले पनि रसुवा नाका भने अझै केही समय नखुल्ने भएको हो । नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर रसुवा नाका खोल्न नसकिने लिखित जानकारी गराएको हो । दुई वटा नाका मध्ये हाललाई तातोपानी नाका खोल्न सकिने तर रसुवा नाका खोल्न नसकिने जानकारी चीनले गराएको हो ।
नेपाल सरकारले पठाएको पत्रको जवाफमा चीनले तातोपानी नाकाबाट पनि अत्यावश्यक सामाग्री मात्रै आयात गर्न दिने बताएको स्रोतले बतायो । विशेषगरी चीन सरकारले तातोपानी नाकाबाट स्वास्थ्योपचारका लागि अत्यावश्यक वस्तु मात्रै ल्याउन दिने भनेको स्रोतको दाबी छ ।
यता, बुधबार साँझदेखि यी दुबै नाका आंशिक रुपमा खुलेको बताइएको थियो ।
रसुवा भन्सार नाका प्रमुख पुण्यविक्रम खड्काले हाललाई रसुवा नाका नखुल्ने बताए । उनले चीनले पत्र लेखेर यो नाका खुला गर्न नसकिने जनाएकाले तयारी गरेर पनि नाका खुल्न नसक्ने बताए ।
नेपालस्थित चिनियाँ दूतावासले पत्र लेखेर यस बारे लिखित रुपमै जानकारी गराएको स्रोतले बतायो ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











