नेपालमा देखियो अरू तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
काठमाडाैँ । नेपालमा थप तीन जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ।
हेटौंडाकाे प्रयाेगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएकाे बागमती प्रदेशका एक मन्त्रीले पुष्टि गरेका छन्।
उनका अनुसार वीरगन्जबाट ल्याइएका तीन बिरामीकाे (स्वाब) हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रस्थित प्रयाेगशालामा जाँच गर्दा पोजिटिभ देखिएकाे थियाे।
तर थप प्रस्टताका लागि नमुना पुन: काठमाडौंकाे टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पठाइएको र त्यहाँ पनि काेराेना पोजिटिभ नै देखिएकाे ती मन्त्रीले पुष्टि गरे।
‘हामीले प्रदेशबाट सार्वजनिक गर्ने तयारी गरेका थियौं,’ आइतबार बिहान ती मन्त्रीले भने, ‘केन्द्र सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक गर्छौ भनेपछि शनिबार रोकिएकाे हाे।’
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेपछि यसबारे विस्तृत विवरण आउने अपेक्षा गरिएकाे छ।
यद्यपि पर्सा जिल्ला प्रशासन स्राेतले बताएअनुसार ती तीनै जना भारतीय नागरिक हुन्। जसलाई पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












