कोरोनाविरुद्ध खोप उत्पादन र वितरण ज्यादै चुनौतीपूर्णःडब्ल्यूएचओ
काठमाडाैँ । अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध खोप तीव्र रूपमा विकास भइरहेकाे भए पनि यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।
विश्वमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीले कोरोना भाइरसविरुद्ध खोप उत्पादन गरिरहेको बताएका छन्। तीमध्ये तीन खोप त मानवमा परीक्षणको चरणमा रहेको यसअघि नै सार्वजनिक भइसकेको छ।
तर डब्ल्यूएचओ, आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले यी खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतीपूर्ण भएको सोमबार बताएका हुन्।
प्रमाणित खोप बनिसकेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिनुपर्ने उनको भनाइ छ। खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी उनले दिएका छन्।
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोनाविरुद्धको खोप बनेर प्रयोगमा आइसक्न कम्तीमा अझै डेढ वर्ष लाग्ने बताएका छन्।
सबै मानिस र क्षेत्रसम्म खोप पुग्न सकोस् भन्ने हिसाबले डब्ल्यूएचओले काम गरिरहेको पनि उनले बताए। त्यसका लागि विश्वभरका सरकार तथा बिल एन्ड मेल्न्डिा गेट्स फाउन्डेसनलगायत गैरसरकारी दातृ निकायसँग परामर्श भइरहेको डा. रायनले जानकारी दिए।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












