कोरोनाविरुद्ध खोप उत्पादन र वितरण ज्यादै चुनौतीपूर्णःडब्ल्यूएचओ
काठमाडाैँ । अहिले विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसविरुद्ध खोप तीव्र रूपमा विकास भइरहेकाे भए पनि यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।
विश्वमा अहिले दुई दर्जनभन्दा बढी कम्पनीले कोरोना भाइरसविरुद्ध खोप उत्पादन गरिरहेको बताएका छन्। तीमध्ये तीन खोप त मानवमा परीक्षणको चरणमा रहेको यसअघि नै सार्वजनिक भइसकेको छ।
तर डब्ल्यूएचओ, आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइकल रायनले यी खोप चाँडै बने पनि त्यसको पर्याप्त उत्पादन तथा वितरण अति चुनौतीपूर्ण भएको सोमबार बताएका हुन्।
प्रमाणित खोप बनिसकेपछि विश्वको माग पूरा हुने गरी त्यसको उत्पादन गरिनुपर्ने उनको भनाइ छ। खोप पहुँच भएका देशका लागि मात्रै उत्पादन गरिए त्यसको परिणाम भयावह हुने सक्ने चेतावनी उनले दिएका छन्।
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिअस डिजिजका निर्देशक डा. एन्थोनी फाउचीले कोरोनाविरुद्धको खोप बनेर प्रयोगमा आइसक्न कम्तीमा अझै डेढ वर्ष लाग्ने बताएका छन्।
सबै मानिस र क्षेत्रसम्म खोप पुग्न सकोस् भन्ने हिसाबले डब्ल्यूएचओले काम गरिरहेको पनि उनले बताए। त्यसका लागि विश्वभरका सरकार तथा बिल एन्ड मेल्न्डिा गेट्स फाउन्डेसनलगायत गैरसरकारी दातृ निकायसँग परामर्श भइरहेको डा. रायनले जानकारी दिए।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












