कोरोना अझै लामो समय रहने सम्भावना छ, सतर्कता जारी राखौंःडब्ल्यूएचओ
काठ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले धेरै देशमा कोरोना भाइरसको महामारी प्रराम्भिक चरणमा रहेको उल्लेख गर्दै यो अझै लामो समय रहने चेतावनी दिएको छ।
जेनेभामा नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले धेरै देशमा संक्रमण फैलिएको र भाइरस सक्रिय रहेकाले अवस्था भयावह रहेको बताएका हुन्।
पश्चिमी युरोपमा संक्रमण घट्दै गए पनि अफ्रिका, पूर्वी युरोप र केन्द्रीय तथा दक्षिण अमेरिकामा संक्रमणको अवस्था चिन्ताजनक रहेकाे महानिर्देशक डा. टेड्रोसको भनाइ छ।
‘यसैकारण संक्रमण नियन्त्रणका लागि घरभित्र बस्नु र भौतिक दूरी कायम राख्नुको विकल्प छैन ,धेरै देशले अहिले यही उपाय अपनाइरहेका छन् तर पनि भाइरस खतरनाक रहेकाले संक्रमण लामो समयसम्म रहने देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले अझै संघर्ष गर्नुपर्ने हुन सक्छ।’
विश्वमा ठूलो संख्यामा मानिस अति संवेदनशील अवस्थामा रहेकाले महामारी सजिलैसँग फैलन सक्ने भन्दै महानिर्देशक टेड्रोसले विश्वव्यापी यात्रा प्रतिबन्ध फुकुवा गर्ने विषयमा पुनर्विचार गर्न सुझाव दिएका छन्।
गत डिसेम्बर अन्तिम साता चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर महामारी बनेकाे छ। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोराना भाइरसबाट हालसम्म २६ लाख जना संक्रमित भएका छन् भने १ लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेकाे छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












