लकडाउन खुकुलो पार्ने मोडालिटी तयारः वैशाख २६ देखी आंशिक रुपमा यातायात चल्न दिइने
काठमाडाैँ । सरकारले वैशाख २६ गतेदेखि लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने भएको छ।
लकडाउन खुकुलो पार्न स्वास्थ्य मन्त्रालयले प्रारम्भिक खाका तयार पारिसकेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
सो खाकाअनुसार जोखिम कम भएका क्षेत्रमा कार्यालय तथा यातायातका साधन आंशिक रुपमा सञ्चालन हुनेछन्।
जोखिम हेरेर सरकारले ती क्षेत्रलाई तीन भागमा वर्गीकरण गर्ने र सोही अनुसारको व्यवस्था लागू गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले जनाए।
२६ गतेदेखि लकडाउनलाई खुकुलो बनाउन प्रधानमन्त्रीले नै निर्देशन दिएपछि स्वास्थ्य र गृह मन्त्रालयले गृहकार्य गरिरहेको ती अधिकारीको भनाइ छ। उनका अनुसार संक्रमित भेटिएका क्षेत्र सिल गर्दै जाने र त्यहाँ आवतजावत पूर्ण रुपमा बन्द गरिने छ।
हालसम्म उदयपुर, वीरगन्ज र नेपालगन्ज सिल गरिएको छ। यी ठाउँमा बढी संक्रमित भेटिएका थिए। आइतबार १५ संक्रमित भेटिएको नेपालगन्ज तत्कालै सिल गरिएको प्रहरीले जनाएको छ।
कार्यालयहरु सञ्चालन गर्न दिइने भएपछि उपत्यकाका कार्यालयले साना गाडी रिजर्भ गरेर कर्मचारी ओसारपसार गर्न पाउने छन्। धेरै कर्मचारी भएका कार्यालयले ५० प्रतिशत मात्रै कर्मचारी कार्यालय आउने व्यवस्था गर्नु पर्नेछ।
यस्तै निजी गाडी, ट्याक्सी र मोटरसाइकल चल्न पाउने छन्। मोटरसाइकलमा एक जना मात्रै र ट्याक्सीमा एक जना मात्रै यात्रु बोक्न पाइने छ।
यस्तै आन्तरिक रुपमा उडान पनि सुरु गर्ने गर्ने योजना बनेको छ। कार्ययोजनाअनुसार विमानले क्षमताभन्दा आधा यात्रु बोक्न पाउने छन्।
‘आन्तरिक उडान सुरु भएपछि विमानस्थलबाट जाने व्यवस्था पनि गर्न पर्यो, जोखिम कम भएका क्षेत्रमा छोटो दूरीका गाडी सञ्चालन हुन दिनैपर्छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बिस्तारै लकडाउन खुकुलो पार्दै त्यसको प्रभाव हेर्दै जाने हो।’
आन्तरिक उडान सुरु गर्न हवाई कम्पनीहरुसँग छलफल गरिने छ। यदि आंशिक उडान गर्न उनीहरु तयार भए स्वास्थ्य सामग्री ओसारपसार गर्न र आपत परेका यात्रु आउजाउ गर्न पाउने उनले बताए।
उच्च जोखिम भएका क्षेत्रबाट भने आउजाउ गर्न दिइने छैन। अत्यावश्यक बाहेक अन्य ठाउँबाट समेत उपत्यकामा प्रवेश गर्न कडाइ गरिने छ।
आंशिक रुपमा खुल्ला गरेपनि सरकारले लकडाउन भने लामो समयसम्म गर्ने तयारी गरेको छ। उद्योग तथा निर्माणका क्षेत्रहरु सञ्चालन हुनेछन्।
डान्सबार, रेस्टुराँ, फिल्म हल, विद्यालय पूर्ण रुपमा बन्द हुनेछन्। भीडभाड हुने कार्यक्रम तथा विवाह, व्रतबन्ध, भोजभतेर गर्न पाइने छैन।
सो खाकामा सोमबार थप छलफल हुनेछ।
‘उपत्यकामा खुला गर्न कुनै समस्या छैन’
उपत्यकाका तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले बाहिरबाट आउनेलाई कडाइ गर्ने हो भने लकडाउन खुकुलो पर्दा समस्या नहुने बताए। अहिलेकै अवस्थामा लकडाउन गर्ने हो भने यसले झनै ठूलो जोखिम बढाउने उनको भनाइ छ।
‘लकडाउन बढ्दै गयो भने यसले आर्थिक, सामाजिक र सुरक्षाका क्षेत्रमा ठूलो संकट जन्माउँछ, भोलिका दिनमा पनि अहिले जस्तै सतर्क हुनुपर्छ तर लकडाउन अहिलेकै अवस्थामा राख्न हुँदैन,’ डीआईजी पोख्रेलले भने।
सुरक्षित क्षेत्रलाई सुरक्षित नै राख्नका लागि नागरिकको भूमिका बढी हुने उनले बताए। आफ्नो क्षेत्रमा जोखिम भएका ठाउँबाट मानिसलाई आउन रोक्न पनि स्थानीयकै भूमिका महत्वपूर्ण हुने पोख्रेलले बताए।
‘अहिलेकै अवस्थामा उपत्यकाका तीन जिल्लामा लकडाउन खुकुलो बनाउन कुनै समस्या छैन, जहाँ जोखिम हुन्छ ती क्षेत्र बन्द गर्नुपर्छ,’ उनले भने।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












