सरकारले लकडाउन केही खुकुलो बनायो, उद्योग-धन्दा र बैंक सञ्चालन गर्न दिने
काठमाडाैँ । मन्त्रिपरिषदको बैठकले वैशाख २६ देखि सबै उद्योगधन्दा सञ्चालन गर्न दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै स्थानीय तहको समन्वयमा सबै उद्योग सञ्चालन गर्न दिइने निर्णय भएको बताए।
त्यस्तै बैंक तथा वित्तीय कम्पनीहरुलाई पनि सञ्चालन गर्न दिने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए।
उनका अनुसार खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योग, दुग्धपदार्थ उत्पादन गर्ने उद्योग, औषधि तथा सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योग, खाने पानी उत्पादन गर्ने उद्योग, इँटा उद्योग, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योगखाने तेल तथा घ्यु उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग र एलपीजी ग्यास उद्योग चलाउन पाइनेछ।
त्यस्तै, प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग,कफि उद्योग,पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नुडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग चल्न पाउने छन्।
कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग ,दाल उद्योग, पशु औषधि र किटनाशक औषधि सम्बन्धी उद्योग, खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रसोधन तथा क्रसर उद्योग, सिमेन्ट उद्योग, आइरन तथा स्टिल उद्योग,पेन्टिंग्स रंगरोगन उद्योग, जीआई र प्लास्टिकपाईप र फिटिंग्स उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुुस तथा हल्का पेयपदार्थ उद्योग पनि सञ्चालन हुने छन्।
त्यस्तै, प्लाइउड र भेनिर उद्योग, विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धीत उद्योगहरु, जस्तापाता उद्योग हेभी मेसिनरी औजार मर्मत सम्भार, खनिजजन्य उद्योग र खानीहरु लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत ,समिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रील उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेसिन पाटपुर्जा वर्कसप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग छापाखाना तथा प्रेस सम्बन्धी उद्योग सञ्चालन गर्न दिइने खतिवडाले बताए।
सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग, औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योगहरु सञ्चालन हुने छन्। त्यस्तै, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमतिप्राप्त सबै स्टेसनरीले समेत सञ्चालन अनुमति पाएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












