तत्काल बैठक बोलाउन माग गर्दै स्थायी कमिटी नेताले भेटे प्रचण्ड
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक ततकाल बोलाउन माग गर्दै असन्तुष्ट नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड भेटेका छन्।
विहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही २० स्थायी कमिटी नेताहरुले बैठकमा तय गरेका एजेण्डा अध्यक्ष प्रचण्डलाई भेटेर समावेश गर्न सुझाव दिएका छन् ।
बिहीबार तोकिएको स्थायी कमिटी रोकिएकोमा असन्तुष्ट जनाउँदै धुम्बाराहीबाट नेताहरु जनार्दन शर्मा, भिम रावल, हरिबोल गजुरेल र रघुजी पन्त लगायत नेताहरु सिधै प्रचण्ड निवास खुमलटार पुगेका थिए।
असन्तुष्ट नेताहरुले कोरोना महामारीमा सरकारले गरेको राम्रा नराम्रा पक्ष,विदेशमा रोकिएका नेपालीलाई उद्धार, विवादित , अध्यादेश, सरकारले गरेका अनियमितता र एक व्यक्ति एक पदका एजेण्डाहरु स्थायी कमिटीमा पेश गर्नुपर्ने सुझाव दिएका एक प्रभाशाली स्थायी कमिटी सदस्यले बताए । ‘हामीले स्थायी कमिटी बैठकको माग गरेका थियौ । बैठकको मिति तोकिएपनि स्थागित भयो,’ एक प्रभाशाली स्थायी कमिटी सदस्यले भने, ‘बैठक किन स्थगित भयो भन्ने वारेमा अध्यक्ष प्रचण्डलाई सोध्यौ । तत्काल स्थायी कमिटी बैठक बोलाउर हामीले राखेका एजेण्डा समावेश हुनुपर्छ भन्यौं।’
अध्यक्ष प्रचण्डले असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले राखेका एजेण्डाहरु समावेश गर्ने आस्वासन दिएको ति सदस्यले बताए ।
पार्टीमा विवाद बढ्दै गएपछि वैशाख १० गते २० स्थायी कमिटी सदस्यले अध्यक्ष ओली प्रचण्डलाई पत्र लेखेर तत्काल बैठक बोलाउन माग गरेका थिए । बैठक बोलाउन एकपटि अर्को दबाब बढ्दै गएपछि विहिबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।
बुधबार बसेको सचिवालय बैठकमा स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका विषयमा विवाद भएपछि अध्यक्ष ओली बैठक हल छोडेर बाहिर निस्किएका थिए । स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डाका विषयमा ओली समुह र प्रचण्ड नेपाल समुहवीच विवाद कायमै छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












