‘दुईतिहाइको सरकारले दुई कौडीको काम गरेन’
काठमाडाैँ । राजपा नेपालका सांसद राजेन्द्र महतोले दुई तिहाईको सरकारले जनतालाई कोरोनाबाट जोगाउन दुई कौडीको काम समेत नगरेको टिप्पणी गरेका छन्।
उनले शक्तिकाली सरकारले जनतालाई बचाउन नखोजेको बताए। उनले १०१ जनामा कोरोना पनि जाँच नभएका कारण भएको उल्लेख गरे।
‘एकै परिवारका १७ जनालाई देखिएको छ’, महतोले भने, ‘दलका नेताले भन्दियो १०१ न हो संक्रमित। कति गर्यो जाँच? विदेशबाट आएका जतिको जाँच गर्यो? छैन। एउटा परिवारबाट १७ निस्कन्छ। कछुवाको गतिमा कोरोना टेस्ट गर्ने अनि छैन भनेर पीठ थपथपाउने। यो धन्दा ठिक भएन। व्यापक परीक्षण गराउनुपर्छ।’
उनले सरकार कोरोनाको विषयमा ध्यान नदिएर पार्टी फूटाउने धन्दामा लागेको बताए। ‘जनता महामारीबाट मरिरहेको छ। पीडित छ। खान पाएको छैन। उपचार पाएको छैन। स्वास्थ्य सामाग्री पाएको छैन। यहाँ त अर्कै धन्दा भैराखेको छ। सरकार अर्को धन्दामा पो लागेको रहेछ। पार्टी फोड्ने? सांसद जोड्ने धन्दामा जनताको पीडा कम हुन्छ? अपहरण गर्ने? सांसद अपहरण गर्ने? के हो यो?’
उनले सरकारले अपहरणकारीलाई कारवाही गर्न निवेदन दिदाँ नलिएर हुकुमी शासन लागू गरेको बताए। ‘यहि धन्दा गर्ने हो’, महतोले भने, ‘कुर्सी जोगाउने, कुर्सी पाउने यहि धन्दामा लाग्यो। जनतासँग सरोकार नराख्ने। जनताको जीवनसँग सरोकार नराख्ने।’
उनले पार्टी फुटाउनका लागि सरकारले सरप्राइज दिएको उल्लेख गर्दै पार्टी एकता गरेर सरप्राइज दिएको बताए। ‘समाजवादी पार्टी फुटाएर आफ्नोमा मिलाउने रे अनि कुर्सी जोगाउने रे, के हो यो सरप्राइज? रातारात सरप्राइज, अध्यादेश सरप्राइज’, महतोले भने, ‘जनतालाई ठूलो प्याकेज आउँछ सोचेको थियो। कोरोना विरुद्ध लड्न। तर खोदा पहाड, निक्ला चुहा। यहाँ त पार्टी तोड्ने फोड्ने यस्ता यस्ता काम… सरप्राइज नेपाली जनतालाई चाहिएको छैन। दुई तिहाईको सरकार दुई कौडीको काम नगर्ने।’
उनले समाजवादी पार्टी र राजपा नेपालको एकताले अब बहुराष्ट्रिय राज्य स्थापना गर्ने बताए। महतोले कोरोना मजाक नभएर महामारी भएकाले परीक्षणको दायरा बढाउन माग गरे। साथै विदेशमा रहेका नेपालीलाई ल्याएर क्वारेन्टिनमा राख्न माग गरे।
‘हामी कहाँ माग्ने प्रधानमन्त्री केपी ओलीलाई भन्ने हो। सीमा क्षेत्रमा बसिरहेको जनता कसले ल्याउने सी जिनपिङलाई भन्ने? ट्रम्पलाई भन्ने? जनताको सरोकारको विषय सरकारले सोचिदिनुपर्यो। सरकार लायक नलायक जे भएपनि यहि सरकारलाई भन्ने हो।’ महतोले सांसद विकास कोषको पैसा समेत कोरोनामा लगाउन माग गरे।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












