प्रधानमन्त्री ओलीको भारतलाई प्रश्न : सत्यमेव जयते कि सिंहमेव जयते ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको सधैं जित हुने भन्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएका हुन् । उनले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिए पनि जसरी पनि नेपाली भूमि फिर्ता गरिने प्रतिबद्धता गरेका हुन् ।
उनले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग पनि उप्काएका छन् । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताए ।
‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’
त्यस्तै प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रलाई भारतले अतिक्रमण गरेर विवादित बनाएको बताए । ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












