चीनले विकास गरेको खोप कोरोना रोक्न सफलः अनुसन्धानकर्ता
काठमाडाैँ । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।
द ल्यानसेट जर्नलका अनुसार अनुसन्धानकर्ताले शुक्रबार सार्वजनिक गरेको पहिलो चरणको परीक्षण प्रतिवेदनले यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।
चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ता मिलेर पहिलो चरणको परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई यो खोप लगाएका थिए। जसको नतिजा अत्यन्तै प्रभावकारी आएको ल्यानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको छ। खोप दिइएको २८ दिनमै मानिसमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको पाइएकाे ल्यानसेटमा लेखिएकाे छ।
बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले यो अति सकारात्मक नतिजा भएको तर अझै अनुसन्धानको खाँचो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो नतिजा प्रारम्भिक मात्रै हो। तर नतिजा अति सकारात्मक देखिएको छ।’
यसरी पहिलो नतिजाले नै यो खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल र सुरक्षितसमेत देखिएको दाबी अनुसन्धानकर्ताले गरेकाे द न्युयाेर्क टाइम्सले लेखेकाे छ।
चीनको बेइजिङस्थित सिनोवाक बायोटेक कम्पनीले उत्पादन गरेकाे यो खोप एडी-५ नामक भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन्।
मानिसलाई लगाउनुअघि यो खोप डा. डान बारोउचसहितको टोलीले बाँदरमा परीक्षण गरेको थियो। यो खोप लगाएपछि बाँदरमा कोरोना भाइरस संक्रमण नभएको देखिएको थियो।
अहिले कोरोना भाइरसविरुद्ध खोप विकास गर्न विभिन्न देशका वैज्ञानिकबीच होडबाजी नै चलिरहेको छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











