चीनको लान्झोउबाट नेपालतर्फ हिंड्यो ३९० टन सामान बोकेको मालबाहक रेल
काठमाडाैँ । नेपाल र भारतबीच सीमा विवादले तनाव बढेका बेला चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको मालबाहक रेल शुक्रबार नेपालतर्फ छुटेको छ।
नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो।
चिनियाँ सञ्चार माध्यमहरूले जनाएअनुसार शुक्रबार लान्झोउबाट हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउने छ, जहाँबाट सडकमार्ग भएर ट्रकमा ती सामग्री काठमाडौं ल्याउने तयारी छ।
मध्य चीनको गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो।
‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्याइने छ। यसका लागि करिब १० दिन लाग्ने छ, जसबाट पहिलेको समुद्री मार्ग (कलकत्ता) बाट ढुवानी हुने समयमा ३५ दिन बचत हुनेछ।’
मालबाहक रेल २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेर हिंडेको हो, जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन्। सिगात्सेबाट सडकमार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ।
पाँच वर्षअघि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेसँगै नेपालले चीनबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न ढोका खोलेपछिको यो रेल ढुवानी पहिलो मानिएको छ। अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो।
गान्सुको लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठूला व्यापार केन्द्र मध्येको एक हो, जुन चीनको बीआरआई परियोजना अन्तर्गत पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय ट्रान्जिट मानिन्छ।
चार वर्षअघि सन् २०१६ को मे ११ मा लान्झोउबाट पहिलो पटक मालबाहक रेल नेपालको समग्री बोकेर सिगात्से आएको थियो। त्यो नै चीन– दक्षिण एसिया मालबाहक रेल ढुवानीको उद्घाटन थियो। त्यसयता यो बन्दरगाह र रेल सञ्चालनको गुणस्तर र क्षमता निकै विकास गरिएको चाइना न्यूजले जनाएको छ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











