संसदमा शून्य समय : रुकुम–पश्चिमदेखि कोरोना महामारीमै केन्द्रित
काठमाडौं । प्रतिनिधिसभामा आज पनि शून्य समयमा सांसदहरूले जातीय विभेदका कारण भएको रुकुम पश्चिमको घटना र कोरोना महामारीकै विषय उठेको छ ।
शून्य समयमा बोल्ने अधिकांस सांसदहरू रुकुम पश्चिमको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन व्यवस्थित गरिनुपर्नेलगायत धारणा राखेका हुन् ।
हेरौं कुन सांसदले के भने ? :
दलित सांसदको नेतृत्वमा संसदीय समिति माग
नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले रुकुम पश्चिमको घटनाको निष्पक्ष छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।
संसदको शून्य समयमा उनले यस्तो माग गरेका हुन् । उनले ततकाल दलित सांसदको नेतृत्वमा समिति गठन नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए । उनले घटना ढाकछोप गर्न सत्तारूढ दलका तर्फबाट चलखेल भएको पनि बताए ।
गृह मन्त्रालयले गठन गरेको समिति आफूहरूलाई मान्य नभएको पनि सांसद विश्वकर्माले बताए । संयुक्त राष्ट्रसंघको समेत सो घटनामा ध्यानाकर्षण भइसकेको भन्दै उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । नवराज विश्वकर्मा र रुकुम पश्चिमकी मल्ल थर भएकी युवतीबीचको अन्तरजातीय प्रेमको विषयलाई लिएर घटना भएको थियो ।
रुकुम पश्चिमको घटना नरसंहार, सबैको अनुहारमा कालो पोतियो : गगन थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले रुकुम पश्चिममा भएको नरसंहारका दोषीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले संविधानमा दलितका हक–अधिकार लेख्यौं भनेर गर्व गर्ने सबैको मुखमा रुकुम पश्चिममा भएको घटनाले सबैको अनुहारमा कालो पोतिएको बताए ।
“यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्यौं भने लाज पनि हामीसँग लजाउँछ,” उनले भने, “रुकुम नरसंहारलगायत लकडाउनको अवधिमा मात्र जातीय विभेदका कारणले बत्तीस जनाको हत्या, आत्महत्या र बलात्कारको घटनाको छानबिन गर्न अविलम्ब सर्वदलीय छानबिन समिति बनाउन जोडदार माग गर्छु ।” थापाले समिति नबन्दासम्म आफूहरूले समितिको माग गरिरहने र न्यायका पक्षमा बोलिरहने पनि जानकारी गराए ।
यस्तै सांसद आशा विकले रुकुम पश्चिमको घटनाको सत्यतथ्य छानबिनको माग गरिन् । मृतकका परिवारले न्याय मागिरहेको भन्दै विलम्ब नगरी संसदीय छानबिन समिति गठन गर्न माग गरेकी हुन् ।
सरकारको भूमिकाको खोजी
सत्तारुढ नेकपाका सांसद टेकबहादुर बस्नेतले भारतबाट नेपाल फर्किएकाहरू बाँकेमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएकोप्रति दुःख व्यक्त गरे । घाइतेहरूको उपचार गर्न अस्पताल लैजाँदा उपचार गर्न नमान्नु अमानवीय भएको भन्दे उपचारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
समाजवादी पार्टीका सांसद उमाशंकर अरगैयाले धनुषाका एक युवा सीमामै भोकै मर्नु दुखद भएको बताए । उनले धनुषामा रहेका नाका खोलेर भारतमा अलपत्र नेपालीलाई व्यवस्थित रूपमा नेपाल ल्याउनुपर्ने बताए ।
त्यस्तै, नेकपा सांसद अमृता थापाले सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउने निर्णयको स्वागत गरिन् । उनले कोरोनासँग जुध्नका लागि सरकारको परिमार्जित योजना आवश्यक भएको भन्दै ध्यानाकर्षण गराइन् ।
सेना परिचालन गरिएकामा प्रश्न
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले कोरोना महामारीमा सेना परिचालन गरिएको विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद सिंहले सेना परिचालनको विषयमा प्रश्न उठाएका हुन् । उनले विपत् व्यवस्थापनको काम गृह मन्त्रालय ऐनमा व्यवस्थापन गरिएको पनि बताए ।
विश्वमा कहीँ पनि कोरोना महामारीमा सेना परिचालन नभएको भन्दै नेपालमा पनि रक्षा मन्त्रालय वा सेनालाई विपदमा परिचालन गर्ने व्यवस्था नभएको बताए । सिंहले सेना परिचालनको विषयमा प्रश्न उठाएका हुन् । उनले विपत् व्यवस्थापनको काम गृह मन्त्रालय ऐनमा व्यवस्थापन गरिएको पनि बताए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












