विदेशमा रोकिएका डेढ सयबढी नेपालीका शव ल्याउने तयारी
काठमाडाैँ । सरकारले विदेशमा रोकिएका नेपालीका शव पनि ल्याउने भएको छ। अलपत्र परेका नेपाली फर्काउन चार्टर्ड उडान गर्ने तयारी गरिरहेको सरकारले यही समयमा शव पनि ल्याउने भएको हो।
सकरारले बनाएको कार्ययोजनामा रोकिएका शव ल्याउने व्यवस्था मिलाउन परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भनिएको छ।
कोरोना माहामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा २ सय २७ नेपालीका शव विभिन्न देशमा रोकिएका थिए। ल्याउन समय लाग्ने भएपछि ७५ शव विदेशमै अन्त्येष्टि गरिदिन परिवारले भनेका थिए। बाँकी रहेका १ सय ५२ शव ल्याउन सकिएको थिएन।
कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव ल्याउन नसकिने भए पनि अन्य शव ल्याइने वैदेशिक रोजगार बोर्डले जनाएको छ। सबैभन्दा धेरै शव मलेसिया र साउदीमा छन्। मलेसियामा ४८ र साउदीमा ४७ वटा शव रोकिएका छन्। कतारमा २७ र युएईमा १२ शव रोकिएका छन्।
यस्तै कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ र अन्य देशमा ३ वटा शव छन्।
यीमध्ये केही लकडाउन सुरु हुनुभन्दा पहिले नै ज्यान गुमाएका नेपाली हुन्। यसबीचमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपालीको शव पनि रोकिएको थियो।
नेपालमा ल्याइसकेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने व्यवस्था श्रम मन्त्रालयले गर्नेछ।
शव ल्याउने खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने छन्। तर, विशेष कारण उनीहरुले नब्याेहोर्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ब्यहोरिने सरकारको योजना छ।
सरकारले विदेशमा अलपत्र परेका आफ्ना नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्याएको छ। अहिले ती देशबाट फर्किनेहरुको विवरण संकलन भइरहेको छ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












