प्रधानमन्त्रीलाई विज्ञको सुझाव– परीक्षणको दायरा बढाउनूस्, जथाभावी नबोल्नूस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग बालुवाटारमा पाँचघण्टा छलफल गरेका थिए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रधानमन्त्री ओलीले विज्ञ समूहको टोली बनाउने आश्वासन दिएको बताए ।
स्वास्थ्यविद् डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन सुझाव दिएको बताए ।
“मैले प्रधानमन्त्रीलाई तपाइँले कोरोनाका सम्बन्धमा बोसीय तत्वको विषयमा दिएको धारणामा अध्ययन पुगेन भनेर भनेँ,” डा. दीक्षितले पत्रकारहरूसँग भने, “कोरोना सम्बन्धी तपाइँको अध्ययन पुगेन । सरकारले परीक्षणको दायरा बढाउनैपर्यो । सरकारी अस्पतालले नसके निजीलाई पनि परीक्षणको जिम्मा दिनुपर्छ ।”
अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिए ।
“लकडाउनलाई अनन्तकालसम्म लम्ब्याउन पनि सकिँदैन । पहिलो चरणमा खाद्यान्न पसलहरु, सेवामूलक क्षेत्रहरु खोल्नुपर्छ । आर्थिक क्रियाकलाप पनि गर्न दिनुपर्छ,” उनको सुझाव थियो, “स्कुल कलेजहरु केही पछि खोल्दा हुन्छ । तर लकडाउनको अहिलेको मोडालिटी परिवर्तन हुनैपर्छ । अहिलेको अवस्था नफेर्ने हो भने अवस्था डामाडोल हुन सक्छ ।”
उनले अस्पतालमा कोरोना देखिनासाथ अस्पताल नै सिल गर्ने काम बन्द गरिनुपर्ने सुझाव दिएका थिए । क्वारेन्टाइनमा मान्छे मर्नु भनेको अत्यन्तै नकारात्मक सन्देश जानु भएकाले पहिले क्वारेन्टाइनको सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उनले पनि परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












