एमसिसीबारे परराष्ट्रमन्त्री : केही मान्छेलाई मनको बाघले तर्साउँदैछ
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसनलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको बताएका छन्।
विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयबारे उठेका प्रश्नबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘एमसिसी बारे नेपालका केही व्यक्तिलाई मनको बाघले तर्साइरहेको छ,’ उनले भने, ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खाने गरी एमसिसीबारे अनावश्यक बहसमा नजाऊँ।’ उनले मित्र राष्ट्रसँग विकास साझेदारी गर्दा नेपाल कुनै पनि सैन्य रणनीतिमा साझेदार नहुने स्पष्ट पारे। ‘विकास साझेदारीका क्रममा कुनै पनि देशसँग सैन्य साझेदारी हुँदैन।
नेपाल कुनै पनि देश वा संस्थासँग सैन्य साझेदारी गर्ने पक्षमा पनि छैन’, उनले भने, ‘भविष्यमा पनि सैन्य साझेदारी हुने गरी विकास सहायता लिइँदैन।’
‘आफ्नो हितमा बोल्नु अरुको अहित गर्नु होइन’
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल सानो छ भनेर लघुताभाष पालेर बस्नुपर्ने अवस्था नरहेको पनि बताएका छन्। ‘नेपाल सानो छ, अविकसित छ, कमजोर छ भनेर गरिने लघुताभाष अब पालिरहनु जरुरी छैन’, उनले भने, ‘अब त्यो बदलिएको छ। अब हाम्रो हितका कुरा राख्नलाई कोहीसँग डराएर खुम्चिनु पर्दैन। हामीले आफ्नो राष्ट्रहितको पक्षमा बोल्नु कसैको अहित गर्नु होइन।’ मन्त्री ज्ञवालीले नेपाल अब भूपरिवेष्ठितबाट भूजडित देश भएको बताए।
‘नेपाल अब भूजडित देश भइसकेको छ’, उनले अगाडि थपे, ‘अब नेपालले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन। हाम्रा सम्बन्धहरु फैलिइरहेका छन्।’ परराष्ट्र नीति संवेदनशील विषय भएको बताउँदै ज्ञवालीले कसैले बोल्दा धेरै पटक सोच्नुपर्नेमा जोड दिए। उनले विदेशस्थित राजदूतावास हटाउनुपर्ने सांसदहरुको मागमा असहमति जनाए । ‘संसार पुग्न पखेटा पनि चाहिएला नि, काठमाडौं खाल्डोमा मात्रै सीमित भएर त नहोला’, उनले भने, ‘ती राजदूतावास भनेका हाम्रा पखेंटा हुन्, तिनैका कारण हामी विश्वभर पुगेका छौँ। तिनलाई खारेज गर्ने विरोधाभाषपूर्ण कुरा नगरौँ।’
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












