विदेशबाट घर फर्काउने केही उडान अनिश्चित केही स्थगन
काठमाडाैँ । कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ ।
युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।
दूतावासले प्राविधिक कारण देखाउँदै असार २ र ४ गते हुने भनिएको उडान रद्द भएको सूचना जारी गरेको थियो । आईतबार साँझ जारी गरिएको उक्त सूचना केही मिनेटमै दूतावासको फेसबुक पेजबाट हटाईएको थियो ।
नेपाली दूतावास युएईकी नियोग उपप्रमुख एवं प्रवक्ता रिता धितालले प्राविधिक त्रुटिका कारण त्यस्तो सूचना सार्वजनिक भएको बताउँदै अहिलेसम्म उडान रद्द नभएको बताईन । धितालले भनिन्, ‘दूतावासले प्राथमिकतामा परेका नेपालीहरूलाई तोकिएकै मितिमा उडाउने कोशिश गरिरहेको छ ।’ यद्यपि प्राविधिक कारणले मंगलबारको उडान अनिश्चित बनेको स्विकार्दै धितालले आज विज्ञप्ति निकालेर यस विषयमा स्पष्ट पार्ने जानकारी दिईन ।
यस अघि असार ३ गते बहराईनदेखि हुने भनिएको उडान समेत स्थगन भएको थियो । उक्त उडान असार ७ गते हुने बहराईन स्थित नेपाली दूतावासले जनाएको छ । यस्तै आज साउदीको दमामबाट हुने भनिएको हिमालय एयरलाईन्सको पहिलो उडान पनि रद्द भएको छ । रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै आगामी उडानको बारेमा सूचना जारी गरेर जानकारी गराउने जनाएको छ ।
असार ६ र ९ गते युएईको राजधानी अबुधाबीबाट हिमालय एयरलाईन्सको ए ३२० न्यारो बडि विमानले उडान भर्दैछ । यी दुई उडानबाट करिब तीन सय नेपाली स्वदेश फर्कीने दूतावासले जनाएको छ । दूतावासबाट प्राथमिकतामा परेका यात्रुहरूको नाम उपलब्ध हुनासाथ टिकट बुकिङ खुला गर्ने हिमालय एयरलाईन्सकी सेल्स मेनेजर गिता बिष्टले बताईन ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












