नेपालकाे वार्ता प्रस्ताव नसुनेका कारण यो परिस्थिति आइपर्यो : भारतीय नेता करण सिंह
काठमाडाैँ। भारतीय कांग्रेस आईका नेता करण सिंहले नेपालसँगको सीमा विवादलाई भारतीय पक्षबाट गम्भीर रुपमा नलिँदा समस्याले जटिल रुप लिएको बताएका छन्।
‘मैले यो कुरा थप्नै पर्छ कि हामीले परिस्थितिलाई यसरी बिग्रन दिनु हुँदैनथ्यो। लामो समयदेखि थाँती रहेको यो विवादकाे विषय मैले सम्झेसम्म नेपालले गतवर्ष नोभेम्बरमा उठाएको थियो,’ उनले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामीले तुरुन्तै परराष्ट्र सचिव स्तरमा वार्ता सुरु गरिहाल्नु पर्थ्याे र आवश्यक परे परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि कुरा गर्नुपर्थ्याे।’
सरसर्ती हेर्दा, यस विषयमा गम्भीर कुटनीतिक कमजोरी भएको देखिन्छ र त्यसको परिणाम अहिले हामीसामु छ।
उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारतसँग पछि फर्किनै नमिल्ने र मुठभेडको अवस्थामा पुर्याएको आरोप लगाएका छन्। दुई देशबीचको शदियौंदेखिको अनुपम सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्ध हुँदाहुँदै पनि यो अवस्थामा पुर्याएको देख्दा आफूलाई अत्यन्त दुःख लागेको उनले बताएका छन्।
यसका कारण भारतलाई जेजस्तो असर परेपनि, नेपाल र नेपाली जनतालाई पनि यसको सकारात्मक प्रभाव नपर्ने उनले बताएका छन्।
नेपालसँग धेरै दशकदेखि व्यक्तिगत र राजनीतिक रुपमा समेत निकटरुपमा जोडिएको व्यक्ति भएको हुँदा अहिलेको अवस्थाले आफूलाई निकै दुःखी बनाएको उनले बताएका छन्।
भारतले नेपाली भूमि लिपुलेकबाट सडक निर्माण गरेपछि बिग्रेकाे नेपाल-भारत सम्बन्ध केहि दिनपहिले नेपालले भारतद्वारा अतिक्रमित क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेपछि अहिले दुवै पक्षबीच तिक्तता बढेकाे छ।
एक अब्बल कुटनीतिज्ञ मानिने उनी काश्मिरका अन्तिम युवराज हुन्।
नेपालमा २०६२–६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतले नेपालका राजनीतिक दल र राजा ज्ञानेन्द्रसँग सहमति गर्न पनि भारतका सिंहलाई दूतको रुपमा पठाएको थियो।
तर, उनीमार्फत् पठाएको भारतीय प्रस्तावलाई दलहरुले अस्वीकार गर्दै आन्दोलन जारी राखेका थिए। त्यसपछि राजाले अधिकार छाडेका थिए।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












