संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट आज पारित हुँदै
काठमाडौँ । संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित हुने भएको छ ।
राष्ट्रिय सभाको बिहीबार ११ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथीको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल हुने संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि सांसदहरूले दस्तखतसहितको मत विभाजनमा सहभागी हुनेछन् ।
विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएकोमा कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छैनन् ।
संविधान संशोधन विधेयक पारित हुनका लागि संसदको दुई तिहाई आश्यक पर्छ । राष्ट्रियसभामा हाल ५८ सदस्य छन् । राष्ट्रपतिले मनोनित गर्ने सांसद पद रिक्त छ । सबै राजनीतिक दलहरूबीच संविधान संशोधनमा सहमति रहेकाले उक्त विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित हुनेछ ।
भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटेर सरकारले जेठ ७ गते नक्सा जारी गरेको थियो । भारतले लिपुलेक भएर सडक निर्माण गरेपछि नेपालले उक्त कदम लिएको हो । अद्यावधिक नक्साको आधारमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधनका लागि जेठ ९ गते सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो ।
राष्ट्रिय सभाबाट पारित भएपछि संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निसान छाप प्रयोगमा आउनेछ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












