नेपालको संविधान संशोधन राष्ट्रपतिद्वारा प्रमाणीकरण
निशान छापमा समेटिए भारतले मिचेका भूभाग
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासम्मको भूभाग नेपालको निसान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रमाणीकरण गरेकी छिन् ।
विधेयक संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको थियो ।
राष्ट्रिय सभाबाट बिहीबार पारित भएको विधेयक प्रतिनिधिसभाबाट ३१ जेठमा पारित भएको थियो । यसअघि राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक, २०७७ सर्वसम्मतिले पारित भएको थियो ।
राष्ट्रिय सभाको बिहीबार बसेको बैठकले अतिक्रमित भूमि समेटिएर तयार पारिएको नयाँ नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको संशोधन विधेयक पारित गरेको हो ।
विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक थियो ।
यसका लागि बिहीबार मतदान भएको थियो । बैठकमा ५७ जना सदस्य उपस्थित रहेका थिए । मतदानका क्रममा विधेयकको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा राष्ट्रिय सभाका ५७ जना सदस्यले नै मतदान गरे ।
विपक्षमा शून्य मत रह्यो । राष्ट्रपतिले मनोनीत गर्ने एक पद रिक्त रहेको छ भने मतदानमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी भएनन् ।
विधेयक संशोधनका लागि दिइएको ७२ घन्टामा कुनै पनि सांसदले संशोधन प्रस्ताव दर्ता गराएनन् ।
यससँगै अब संविधानको अनुसूची ३ मा रहेको निसान छाप फेरिनेछ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको भूभाग समेटेर ७ जेठमा नयाँ नक्सा जारी गरेको थियो ।
त्यसपछि अद्यावधिक गरिएको राजनीतिक र प्रशासनिक नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापभित्रको नक्सामा राख्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो ।
विधेयक ९ जेठमा प्रतिनिधिसभामा दर्ता गरिएको थियो भने विधेयक १९ जेठमा प्रतिनिधिसभामा प्रस्तुत भएको थियो ।
Comments
अरु समाचार
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...












