भारत– चीनबीचको विवादित सीमा क्षेत्रमा सेना प्रमुखसहित पुगे प्रधानमन्त्री मोदी
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत– चीनबीचको विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन्।
मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत चीन सीमा विवाद उत्कर्षमा पुगेको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार सीमामा गतिरोध हटाउनका लागि आह्वान गरेको भए पनि तनाव मत्थर बनाउने प्रक्रियालाई निकै समय लाग्ने बताइएको थियो।
Comments
अरु समाचार
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...
-
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय...












