मलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाने तयारी छ, त्यसको सूचना मसँग छ : प्रधानमन्त्री
पार्टी एकता जटिल मोडमा पुग्यो अब जेसुकै हुनसक्छ, कित्ता क्लिएर गर्नुहोस्ः ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र पार्टी जोगिन्छ भने मात्रै राजीनामा दिने बताएका छन् ।
शनिबार बेलुका मन्त्री र राज्यमन्त्रीलाई बोलाएर नयाँ नक्सा जारी गरेपछि देशी तथा विदेशी प्रतिक्रयावादी सक्रिए भएकोले अहिल्यै राजीनामा नदिने बताएका हुन् ।
उनले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाए राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको बताएको छलफलमा सहभागी श्रम मन्त्री रामेश्वर राय यादवले बताए । उनले आफूलाई विश्वास गर्न सक्ने मन्त्री आफूतर्फ आउने र अरूतर्फका मन्त्री जान सक्ने पनि बताए । प्रधानमन्त्रीले पार्टी एकता जटिल मोडमा पुगेको र अब जेसुकै हुनसक्छ समेत बताएको उनको भनाइ थियो ।
‘नक्सा जारी भएपछि देशी विदेशी प्रतिक्रियावादी सक्रिए भएका छन् । मलाई दुवै पदबाट हटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको छ । त्यसको सूचना मसँग छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री यादवले भने ‘म यसको पक्ष छैन । यसविरुद्ध डटेर लाग्छु ।’
छलफलका क्रममा मन्त्रीहरूले पार्टी एकता जोगाउनलाई केही लचकता अपनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजनीतिक अवस्थाबारे जानकारी गराउने तथा परामर्श लिएका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । पार्टीका शीर्षस्थ नेताहरूले पार्टी र सरकार राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा माग गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेटवार्ता बाक्लिएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस र एमालेबाट अहिलेसम्म निर्वाचित सांसदहरू काे-काे हुन् ? कति ठाउँमा अग्रता ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । याे समाचार तयार पार्दासम्म रास्वपा ९८...
-
सर्लाही ४ मा अमरेश गरे ह्याट्रिक, गगनको पहिलो हार
सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन्...
-
श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी
विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् । उनी...
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...











