बालुवाटारबाट बाहिरिए प्रचण्ड, सहयोगीहरु छलफलमै
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतवार बालुवाटारमा डेढ घण्टा वार्ता भएको छ ।
ओलीसँगको वार्ता सकेर प्रचण्ड पौने २ बजे बालुवाटारबाट बाहिरिएका छन् । प्रचण्डका २ सहयोगी नेता वर्षमान पुन र जनार्दशन शर्मा भने बालुवाटारमै छन् ।
वार्तामा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य शंकर पोखरेल पनि सहभागि थिए । प्रचण्ड बाहिरिएपनि उनका सहयोगी नेता र ओलीका सहयोगी नेताहरुबीच छलफल जारी छ ।
ओली प्रचण्डबीच शुक्रवार जस्तै जेठ २ गतेको सहमतिमा फर्किने या मंसिरको सहममिा फर्किने भन्नेमा छलफल भएको स्रोतको भनाइ छ । मन्त्री र राज्यमनत्रीसँग हिजो प्रधानमन्त्रीले गलत ब्रिफिङ गरेको भन्दै असहमति जनाएका थिए ।
ओली र प्रचण्डबीच सहमति खोज्न भन्दै शनिवारका लागि बोलाइएको स्थायी कमिटी बैठक भोलि सोमवारसम्मको लागि स्थगित भएको छ । असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा गत मंगलवार प्रचण्डलगायत शीर्ष नेताहरुले ओलीको राजीनामा माग गरेपछि नेकपा विवाद नयाँ चरणमा प्रवेश गरेको हो ।
शुक्रवारको बैठकमा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्नेगरी २०७५ जेठ २ गते भएको सहमतिमा फर्किन प्रस्ताव गरेका थिए भने ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने २०७६ मंसिरको समझदारीलाई थप व्याख्या गरेर जान प्रस्ताव गरेका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












