माइतिघरमा नेविसंघको नाराः “नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं”
काठमाडाैँ । नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ।
दश दिनका बीचमा दुई पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले निगम घेराउ गरेको हो। नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ पदाधिकारीलगायतले आइतबार मूल्यवृद्धि खारेज गर्न बबरमहलस्थित सडकमा प्रदर्शन पनि गरे।
‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै टाउकोमा कालोपट्टी बाँधेर उनीहरूले प्रदर्शन गरेका हुन्। नेविसंघ महामन्त्री दीपक भट्टराईका अनुसार कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेकोले विरोध गरिएको हो।
‘पेट्रोलियम पदार्थमा मात्र होइन सबै चिजमा मूल्य बढेकोले नेविसंघ सडकमा आएको हो,’ उनले भने, ‘यो सरकार समृद्ध नेकपा खुसी अरिंगाल भएको छ। समृद्ध नेपाल सुखी नेपाली छैन।’
निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।
नेविसंघ महामन्त्री मनोज वैद्यले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन यसअघि नै ज्ञापन पत्र बुझाए पनि आयल निगमले वेवास्ता गरेकोले प्रदर्शन गर्नुपरेको हो। ‘शुल्क वृद्धि फिर्ता लिन हामी बाध्य बनाउँछौ। फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ,’ उनले पत्रकारहरूसँग भने।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता बचाउन लागेको तर जनताको समस्या नबुझेको बताए। ‘जनताको चिन्ता अहिलेको सरकारलाई छैन,’ उनले भने, ‘मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ।’
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












