मयूर यातायातले काठमाडौंमा थाल्यो सेवा
काठमाडौं । मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ ।
सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।
कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।
‘गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ,’ श्रेष्ले भने,’पर्सीसम्म हामी २०/२२ वटै बस निकालिसक्छौं ।’ कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए ।
श्रेष्ठले अन्य कम्पनीलाई पनि बस चलाउन आग्रह गरेको बताए । बस रोकिराख्दा व्यवसायीलाई थप हानी नोक्सानी हुने भएकाले तोकिएको मापदण्ड पुरा गरेर सबैले बस चलाउनुपर्ने श्रेष्ठ बताउँछन् ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












