अयोध्याबारे अभिव्यक्तिलाई लिएर जनकपुरमा प्रदर्शन
काठमाडाैँ । भगवान रामको जन्मस्थल पर्साको ठोरी रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ।
विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रधानमन्त्री ओलीले ठेस पुर्याएको भन्दै हिन्दु परिषद नेपालले बुधबार जनकपुरमा प्रदर्शन गरेको हो।
साधुशन्त र युवाहरु समेत सहभागिता रहेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी जनकचौकमा कोणासभा परिणत भएको थियो।
कोणासभामा साधुशन्तहरुले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको भन्दै आक्रोश पोखेका थिए।
कोणसभामा बोल्दै रमानन्दीय वैष्णव संघ जनकपुरकरा महासचिव नवलकिशोर शरणले भगवान रामको जन्म भारत उत्तर प्रदेशको पवित्र सर्ययुग नदीको किनारमा अवस्थित अयोध्यामा रहेको र सीताको जन्मस्थल जनकपुर रहेकोमा प्रधानमन्त्री ओलीले दिएको उक्त अभिव्यक्तिले सनतात धर्मग्रन्थ तथा विश्वका करोडौं हिन्दुको आस्थामाथि बज्र प्रहार भएको बताए।
रामानन्दीय वैष्णव संघले एक विज्ञप्तिसमेत जारी गर्दै प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्ति अविलम्ब फिर्ता नलिए आन्दोलन गर्ने समेत चेतावनी दिएको छ। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले दुई देशबीचको सदियौंदेखिको सम्बन्धमा समेत खलल पुग्ने वैष्णव संघको ठहर छ।
आदि कवि भानुभक्त अचार्यको जन्मजयन्तिका अवसरमा सोमबार प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभइ पर्साको वीरगञ्जस्थित चितवन ठोरी रहेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र आलोचना भइरहेको छ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











