सरकारविरोधी प्रदर्शनमा उत्रिएका ५ विदेशीलाई देशनिकाला
काठमाडौँ । सरकारविरुद्ध प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका ५ जना विदेशी नागरिकलाई देशनिकाला गरिने भएको छ ।
अन्तर्राष्ट्रिय उडान सुरु हुने बित्तिकै उनीहरुलाई निष्कासन गरिनेछ ।
‘गृह मन्त्रालयका सचिवस्तरको निर्णयले उनीहरुलाई निष्काशन गर्ने निर्णय भएको हो,’ अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले रातोपाटीसँग भने, ‘नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनु गैरकानूनी हो ।’
गत ३१ जेठमा माइतीघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले ६ जना विदेशीलाई पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।
पक्राउ परेकामध्ये नर्वेजियन नागरिक मरिता लिभरोदले नेपाली नागरिकसँग विवाह गरेर वैवाहिक भिसा लिएकाले उनलाई जरीवाना मात्र तिराइएको छ ।
प्रवक्ता तिवारीका अनुसार देश निकाला गर्ने निर्णय भएकामा २ महिलासहित तीन जना चिनियाँ नागरिक छन् । यस्तै एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिला रहेका छन् ।
मरिता लिभरोद ५ हजार रुपैयाँ जरीवाना तिरेर छुटेकी छन् । अन्य तीन जना चिनियाँ र अमेरिकी नागरिकलाई १० हजार रुपैयाँ जरीवाना तिराइएको छ । त्यस्तै अस्ट्रेलियन नागरिकलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
उनीहरु पाँचै लाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ । लकडाउन खुलेको १५ दिनभित्रमा उनीहरुलाई आफ्नो देश फर्काइने विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












