काठमाडाैँ महानगरको अपिलः उपत्यकामा कोरोना संक्रमण बढ्दैछ, सावधानी अपनाऔं
काठमाडाैँ । काठमाडौं महानगरपालिकाले उपत्यकामा कोभिड-१९ को संक्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भिड नगर्न आग्रह गरेको छ।
‘पछिल्ला दिनमा काठमाडौ महानगरसँगै उपत्यकाभरि नै कोरोना संक्रमण बढ्दै गइरहेको छ। जात्रा र पर्वको समय पनि सुरु भएको छ। यो हाम्रा लागि चुनौतीपूर्ण समय हो,’ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘सुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको संख्या बढेसँगै जोखिम पनि बढेको छ। यस्तो बेला हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन।’
बिहीबार सम्पन्न ५०औं कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमा छलफल गर्दै यस्तो निर्णय गरेको हो। उनले गृह प्रशासनले असुरक्षित रूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताए।
‘अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरूमै बढी संक्रमण देखिएको छ,’ उनले भने, ‘उनीहरूबाटै समुदायमा समेत कोरोना संक्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ।’
काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राखे। बैठकले कामपा विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ।
त्यसैगरी बैठकले भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ। जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो।
काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘काठमाडौं उपत्यकाजस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलिएमा जटिल समस्या आउन सक्छ। सबैले सचेत हुनुपर्छ।’
पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरूमा संक्रमणको जोखिम उच्च देखिएको जनाइएको छ। उनले भने, ‘यसरी आउने व्यक्तिले सम्बन्धित स्थानीय तहलाई सूचना आवश्यक छ।’
जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ। यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उनको भनाइ छ। मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले संक्रमणको जोखिम बढेको छ।
मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशतभन्दा बढी संक्रमणको जोखिमबाट बच्न सकिन्छ।
निर्देशक डा. पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका संक्रमितमध्ये ३५० स्थानीय छन्। उनीहरूमध्ये २१० पुरुष र बाँकी महिला छन्। संक्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











