पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
काठमाडाैँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।
कोरोना संक्रमणपछि पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि ती महिला साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन्।
अस्पतालका निर्देशक डा. विष्णु शर्माले कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरे। निर्देशक शर्माले ती महिलामा उच्च रक्तचाप, निमोनिया र छातीको इन्फेक्सनको समस्या समेत रहेको बताए।
‘नोमिनिया र छातीको इन्फेक्सन देखिएकी ती महिलाको यही साउन ६ गतेदेखि उपचार भइरहेको थियो’, निर्देशक शर्माले भने, ‘समस्या जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थियौँ, उनको आज (शुक्रबार) मृत्यु भएको छ।’
हालै विरगन्जबाट काठमाडौँ आएकी ती महिला स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि स्टार अस्पताल पुगेकी थिइन्। उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई स्टार अस्पतालबाट पाटन अस्पताल सारिएको थियो।
उनको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ र उनीहरु अहिले उपचारकै क्रममा रहेका छन्।
Comments
अरु समाचार
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...