देशजोर बिजोर उल्लङ्घन गर्नेको सवारीसाधन बेलुका ८ बजेसम्म सडकमै राखिने
काठमाडौं । सरकारले सवारीसाधनमा जारी गरेको जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।
नियम उल्लङ्घन हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । सरकारले आजदेखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागु गरेको छ ।
यो नियम लागु हुन्जेल जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ । महानगरीय ट्राफिक महाशाखाका एसपी वामदेव गौतमले उपत्यकाभित्र जोर बिजोर उल्लङ्घन गर्ने सवारी साधनलाई साँझ ८ वजेसम्म होल्ड गरिनेछ । उनका अनुसार पहिलो दिन प्रचार–प्रसार गर्ने र भोलिबाट के गर्ने भन्नेबारे थप गृहकार्य हुनेछ ।
तर अत्यावश्यक कामका लागि निस्किएका सवारीलाई भने छाडिनेछ । काठमाडौं उपत्यकाका २४ स्थानमा चेकप्वाइन्ट राखेर जोर बिजोर सवारीको अनुमगनमा ट्राफिक प्रहरी सक्रिय रहेको एसपी गौतमले बताए । यस्तै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।
Comments
अरु समाचार
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...
-
चोभारआदिनाथमा एकमहिने मेला सुरु
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल...
-
सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ
काठमाण्डौ । दशैँको मौकामा सार्वजनिक गाडीको टिकटमा कालोबजारी गर्ने र नक्कली टिकट बेच्ने १४ जना पक्राउ परेका छन् । काठमाण्डौको...