ट्रम्पले लगाए टिकटक र वीच्याटमाथि प्रतिबन्ध
एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागु हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
झन्डै दुई वर्षदेखिको व्यापार युद्ध र पछिल्लो समय हुवावेको फाइभी जीमाथि प्रतिबन्ध, कोरोनाभाइरस, साउथ चाइना सी र हङहङका विषय चीनसँग विवाद चुलिइरहेका बेला अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै ट्रम्पले प्रतिबन्ध घोषणा गरेका हुन्।
‘अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि टिकटकविरूद्ध यो कदम उठाउन आवश्यक थियो,’ ट्रम्पको कार्यकारी आदेशमा भनिएको छ।
यसअघि अमेरिकाको सिनेटले सरकारी विद्युतीय उपकरण टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो।
अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक अमेरिकाको स्वामित्व किन्न चाहेको छ। राष्ट्रपति ट्रम्पको आदेशपछि अब उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्ने देखिएको छ।
चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१७ मा टिकटक लन्च गरेको थियो। पछि उसले म्युजिकल्ली नामको अर्को एप किनेको थियो।
टिकटक अमेरिका र युरोपका युवाहरूमाझ निकै लोकप्रिय छ। पछिल्लो समय कोरोनाभाइरसको संक्रमण रोक्न विश्वका विभिन्न मुलुकमा लकडाउन भएपछि टिकटक डाउनलोड गर्नेको संख्या ह्वात्तै बढेको थियो।
विश्वभर टिकटकमा ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन्।
अमेरिकी अधिकारीहरूले टिकटकका माध्यमबाट प्रयोगकर्ताका विवरणहरू चीन सरकारसमक्ष पुग्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
पछिल्लो समय गल्यान उपत्यकामा चिनियाँ जनमुक्ति सेनासँगको झडपमा दर्जनौं भारतीय सैनिकको मृत्यु भएपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।
चिनियाँ कम्पनीले चलाएको भए पनि चीनभित्र भने टिकटक प्रतिबन्धित छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












